www.tandavnews.com
Fact ~ In search of truth

नक्कली पुलिस, लाइसेन्स बनाइदिन्छु भन्दै लाखौँ ठगी !

पोखरा
ताण्डव न्यूज ।

आफू प्रहरी हुँ भन्दै ठगी गर्ने एक युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ । लेखनाथ कन्डनेडाँडाका सुवास थापालाई ठगी गरेको आरोपमा प्रहरीले दुई साता अघि पक्राउ गरी गठी मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवत्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

थापाले ६–७ जना ब्यक्तिबाट लाइसेन्स बनाइदिने भन्दै ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको गुरुङले ताण्डव न्यूजसँग बताए । ‘अहिलेसम्म ६–७ जना ठगीमा परेको भन्दै हामीकहाँ सम्पर्कमा आएका छन्,’ उनले भने, ‘अझ धेरै पिडित रहेका छन भन्ने सुन्नमा आएको उहाँहरुलाई कास्की प्रहरीको सम्पर्कमा अनुरोध गरिन्छ ।’

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.