www.tandavnews.com
Fact ~ In search of truth

नारी जागरण अभियानमा कानूनी प्रशिक्षण

पोखरा
ताण्डव न्यूज ।

पोखरामा शुक्रबारदेखि शुरु भएको नारी जागरण अभियानमा शनिबार पोखरा महानगर वडा नं. १२ मा कानुनी प्रशिक्षण दिइएको छ ।

संविधानमा व्यवस्था गरिएको महिलाको हक अधिकारका विषयमा केन्द्रित भएर प्रशिक्षण दिइएको हो ।

Batas

समाजमा भइरहेका महिलासँग संवन्धित घटना, हिँसा, बलात्कार लगायतका घटनामा महिलाको अधिकार र यसको प्रतिवाद गर्ने कानुनी आधारका बारेमा अधिवक्ता भगवती पहारीले प्रशिक्षण दिएकी हुन् ।

उनले महिलाहरु कानुनी रुपमा सचेत हुन र आप्mनो अधिकारका बारेमा जानकारी लिनुपर्ने भन्दै आप्mनो अधिकार थाहा नपाउँदा पनि महिला पछाडी पर्नुपरेको बताइन् ।

पोखरामा क्रियाशिल ६० भन्दा बढी महिला संघ संस्थाको सहभागितामा विकृति रोक्न भन्दै महिला जागरण अभियान चलेको हो ।

नजिकिँदै गरेको हरितालिका तीजको अवसरमा भड्किलो व्यवहार गर्न भन्दा पनि महिलाले आप्mनो अधिकार थाहा पाउन र सशक्तिकरणमा जोड दिने उदेश्यले अभियान चलाएको नारी जागरण अभियानका संयोजक अन्जु केसीले जानकारी दिइन् ।

महिलाहरु आप्mनो अधिकारमा सचेत रहनुपर्ने भन्दै केसीले महिलाका समस्या समाधान गर्न हातेमालो गरेर अघि बढ्नुपर्ने बताइन् ।

कार्यक्रममा वडा नं. १२ का वडाध्यक्ष रामबहादुर कार्कीले समाजमा रहेका विकृति हटाउन स्थानीय स्तरबाटै पहल हुनुपर्ने बताए । उनले सबै जात जाति, धर्म, संस्कृतिमा विकृति मिसिँदै गएको भन्दै बेलैमा सजग हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै पोखरा वडा नं. ९ का वडा सचिव लोकदर्शन कोइरालाले प्रकृति, संस्कृति र मौलिकतामा रहनुपर्ने बताए ।

उनले विकृति विसंगति विरुद्ध महिलाहरुले चलाएको जागरण अभियानका प्रशंसा गर्दै यसलाई सबैले अनुकरण गर्न जोड दिए ।

पोखरा १२ का वडा सदस्य अभियानका अभिन्ता सीता बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य अर्का वडा सदस्य विष्णु विकले राखेका थिए । प्रकृति, संस्कृति र मौलिकता जोगाऔँ, विकृति हटाऔँ भन्ने नारासहित संचालन गरिएको कार्यक्रमको संचालन फिस्टेल नर्सिङ क्याम्पसका प्रिन्सिफल जिता बरालले गरेकी थिइन् ।

कार्यक्रममा जनप्रतिनिधीहरु निर्मल थापा, देशभक्त केसी लगायतको सहभागिता थियो । अभियान आइतबार वडा नं. ११ मा हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.