www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा राष्ट्रिय नाटक महोत्सव, पहिलो दिन ‘थाङला’ मञ्चन हुने

पोखरा
ताण्डव न्यूज ।

पोखरामा विश्व रंगमञ्चको अवसरमा ‘राष्ट्रिय नाटक महोत्सव’ हुने भएको छ ।

पोखराको ग्रैहपाटनमा रहेको पोखरा थिएटरमा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुन लागेको हो । नाटक महोत्सव चैत ८ गतेदेखि १४ गतेसम्म चल्ने नाटक संयोजक पुस्कर गुरुङले जानकारी दिए ।

Batas

महोत्सवमा १० वटा नाटक देखाइनेछ । यसको अलावा नेपाली रंगमञ्चको अवस्था, यसले फिल्ममा पारेको प्रभाव लगायत शीर्षकमा अन्तक्रिया समेत हुने गुरुङले बताए । महोत्सव उदघाटन समारोहमा ‘थाङला’ नाटक मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिए ।

उनका अनुसार महोत्सवको उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । थाङला र एन्टिगोनी गेस्ट पफमेन्सको रुपमा मञ्चन गरिने कार्कीले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.