www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय नाटक महोत्सव सुरु, ‘थाङ्ला’ ले पायो दर्शकको साथ

पोखरा ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा राष्ट्रिय नाटक महोत्सव बिहिबारबाट सुरु भएको छ ।

पोखरा गै्रहापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटकघरमा आयोजित महोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले संगीत नाट्य एकेडेमी बिकेन्द्रीकरण गर्नुपर्ने कुरामा जोड दिए ।

Batas

संघियता कार्यान्वयनसँगै हरेक प्रदेशमा एकेडेमी खोल्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, संस्थापक सदस्य तीर्थ श्रेष्ठ, नाट्य विभाग प्रमुख रमेशनन्दन झा, कार्यक्रम संयोजक पुष्कर गुरुङ, पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्की लगायतले नेपाली नाट्य क्षेत्र तथा पोखराका नाट्य गतिविधिको बारेमा भनाइ राखे ।

उद्घाटन लगत्तै सरुभत्त श्रेष्ठले लेखेको नाटक ‘थाङ्गला’ मञ्चन गरियो । अनुप बरालको निर्देशन रहेको यो नाटकले पोखरेली दर्शकको साथ पायो । नेपाली रंगमञ्चमा स्थापित बनिसकेका कलाकारको बेजोड अभिनय दर्शकको लागि रुचिकर बन्यो । आफ्नै जन्मठाउँमा लामो समयपछि आफूले निर्देशन गरेको नाटक प्रर्दशन गर्न पाउँदा निर्देशक बराल उत्साहित बने ।

नाटक महोत्सवमा शुक्रबार दिउँसो १ बजे र साँझ ५ बजे नाटक थाङ्ला मञ्चन हुनेछ । यसैगरी शनिबार र आइतबार राजन खतिवडाको निर्देशन रहेको नाटक ‘एन्टिगोनी’ मञ्चन हुनेछ । चैत्र १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँका १० नाटक मञ्चन गरिनेछ ।

महोत्सवमा देशभरका रंगकर्मीलाई भेटघाट गर्ने अवसरसँगै नाट्य क्षेत्रमा भएका गतिविधिको बारेमा जान्ने अवसर पाउनेछन् । नाटक महोत्सवको स्थानिय व्यवस्थापन पोखरा थिएटरले गरेको छ । विश्व रंगमञ्च दिवसको अवसर पारेर नाटक महोत्सवको आयोजना गरिएकोले महोत्सवमा नाट्य क्षेत्रका बारेमा छलफल समेत हुने स्थानिय व्यवस्थापक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए ।

महोत्सवमा भर्जिन कथा, नारी शिक्षा, जयगान, सान्नानीको सन्ते राजा, एक चिहान, पानिघट्ट, चाँदिको घेरा, सखि लगायतका नाटक समेत मञ्चन हुनेछन् । चैत्र ९, १० र ११ गते हरेक दिन दिउँसो १ बजे र साँझ ५ बजे नाटक मञ्चन हुनेछ । चैत्र १२ र १३ गते तीन बजे समेत थप सो हुनेछ । महोत्सवमा मञ्चन गरिने नाटक हेर्न विद्यार्थीको लागि एक सय र सर्वसाधरणका लागि तीन सय र पाँच सयको टिकट लाग्नेछ ।

महोत्सवको समापन भएपश्चात महोत्सवको बारेमा समीक्षा समेत हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.