www.tandavnews.com
Fact ~ In search of truth

नाट्टा प्रमोशनल टुर भियतनाम देखि कम्बोडियासम्म

पोखरा
ताण्डव न्यूज 

नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) ले यो पटकपनि ‘नाट्टा प्रमोशन टुर सेल्स मिसन २०१८’ को आयोजना गरेको छ ।

संघले(नाट्टा) नेपाल पर्यटन बोर्ड संगको सहकार्यमा आगमि जेठ २४ देखि असार १६ सम्म दक्षिण पुर्वी एसियाका देशहरु भियतनामको होनाइ र कम्बोडियाको सेमिरिपमा पुगी पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम रहेको सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।

Batas

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका उपाध्यक्ष झबिलाल अधिकारीका अनुसार सहभागि टोलीले भियतनाम र कम्बोडियामा बिटुबी अन्तक्रिया कार्यक्रम आयोजना गर्नुका साथै नेपाल र विशेष गरि पोखरा लगायतका पर्यटकीय क्षेत्रहरु समेटी तयार पारिएका प्रबद्र्धधनात्मक सामाग्री वितरण गर्नेछ ।

‘विश्वका घुम्नैपर्ने प्रमुख १० देशहरु मध्ये नेपाल पनि एक हाउ भन्ने जानकारी गराउने टुरको उद्देश्य हो,’ अधिकारीले भने, ‘भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्छ भन्ने जानकारी गराइनेछ ।’

उनका अनुसार टुरबाट विश्वको सर्वोच्छ शिखर सगरमाथा र ८ हजार मिटर भन्दा माथिको ८ हिमश्रृखंला नेपालमा पर्छन भन्ने लगायतका उद्देश्य रहेका छन् ।

संस्थाका महासचिव हरिराम अधिकारीले प्रमोशनल टुर तथा सेल्स मिसनबाट नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रमोशनल मिसन टुरमा नाट्टाका सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नेपाल पर्यटन बोर्डका प्रतिनिधि सहित १८ जनाको सहभागिता रहनेछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.