www.tandavnews.com
Fact ~ In search of truth

वडाध्यक्षको तमासा : सुपरभाइजरको ‘सेटिङ’मा नब्बे बोरा सिमेन्ट चैट

नवलपुर
ताण्डव न्यूज ।

नवलपरासीको कावासोतीमा निर्माणाधीन पुलबाट जनप्रतिनिधिकै संलग्नतामा सिमेन्ट चोरी भएको छ । कावासोती नगरपालिका वडा नम्बर १ र देवचुली नगरपालिका वडा नम्बर ९ जोडने गरी निर्माणाधिन लोकाहाको भोटीखोला पुलको सिमेन्ट वडा अध्यक्षकै संलग्नतामा चोरी भएको हो ।

पुल निर्माणका लागि राखिएको ९० बोरा सिमेन्ट कावासोती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नारायण पन्तकोे संलग्नतामा पुल नीर्माणमा खटिएका सुपरभाईजर गोपाल थापा सहितका व्यक्तिले मिलेमतो गरी चोरी गरे पछी स्थानिय समेत आक्रोसीत बनेका छन् । पुल निर्माणकै क्रममा सिमेन्ट चोरी भए पछी पुल निर्माणको कार्यसमेत प्रभावित भएको छ ।

Batas

पुल निर्माणका लागि बसेका सुपरभाईजर र वडा अध्यक्षको मिलेमतोमा चैत्र ११ गते राति चोरी भएको हो । पुल निर्माण स्थलमा सामाग्रिको सुरक्षका लागि बसेका ब्यक्तीलाई स्टोरको चावि खोल्न लगाई सिमेन्ट चोरी गरीएको हो ।

राति १२ बजेको समयमा वडा अध्यक्ष नारायण पन्तले स्टोरको चावि खोल्न लगाएर ट्याक्टरमा लोड गरी सिमेन्ट लगेका थिए ।

भोटी खोला निर्माण ब्यवस्थापन समितिका अध्यक्ष घनलाल भुषालका अनुसार अध्यक्ष पन्तले मदिरा सेवन गरी आफु राति पुल निर्माण स्थलमा पुगेको र सिमेन्ट निकालेको स्वीकार गरेका छन् । वडा अध्यक्षले आफुले सबै थाहा नपाएको र सुपरभाईजरले आफुलाई फसाएको भन्ने गरेको भुषालले बताए।

सिमेन्ट चोरी भएको थाहा पाएपछी कावासोती १ र देवचुली ९ का स्थानिय उपभोक्ता सहित सरोकारवालाहरुको भेला समेत बसेको थियो । भेलामा बोल्ने क्रममा स्थानियले वडा अध्यक्षले नियतबस रुपमा योजना बनाएर सिमन्ट बेचर भ्रष्टचार गर्न खोजेको आरोप लगाएका थिए ।

चोरी गरीएको सिमेन्ट कमल भुषालको घरमा फेला परेको थियो । सिमेन्ट वडा अध्यक्ष पन्तकै वडा स्थित रिठ्ठेपानीमा निर्माण हुन लागेको बाटोमा प्रयोगका लागि लगिएको भुषालले बताएका छन् । कमल भुषाल बाटो निर्माण समतिका कोषाध्यक्ष हुन भने वडा अध्यक्ष पन्त पुल निर्माण समितिका सचिव समेत रहेका छन् ।

यता भुषालले भने ९ सय २० को सिमेन्ट ८ सयमा पाए पछि आफुले ल्याएको बताएका छन् । तर बाटो निर्माण समतिलाई सिमेन्ट निर्माणाधीन पुलबाट ल्याउने भन्ने कुनै जानकारी नभएको बताईएको छ ।

वडा अध्यक्ष पन्तले भने आफु भुल बस सुपरभाईजरको बिश्वासमा परी राती सिमेन्ट निकाल्नका लागि पुगेको बताएका छन् । उनले सुपरभाईजरले आफुलाई फसाएको प्रतिक्रिया दिए। सुपरभाईजर गोपाल थापा भने अहिले फरार रहेका छन् । परार रहेका थापालाई पक्राउ नगरे सम्म आफुप्रति न्याय नहुने अध्यक्ष पन्तले बताए । नारायण पन्त नेपाली कांग्रेस तर्फबाट वडा अध्यक्षमा निर्वाचीत भएका हुन् ।

वडा अध्यक्ष पन्त यस अघि वन मुद्धामा जेल समेत परेका थिए । वन मुद्धामा फरार भएका पन्त चुनाव घोषणा भएपछी सजाए भुक्तानी गरी वडा अध्यक्षको उम्मेदवार बनेका थिए ।

उक्त पुल जेभिसी बिल्डर्स कम्पनीले निर्माण ठेक्का लिइएको हो । कम्पनीले करीब ४ करोड २५ लाखको लागतमा २५ मिटर लम्बाईको सो पुल निर्माण गर्न लागेको हो । कम्पनीका प्रमुख कुमार आचार्यले आफुले राज्यको दायीत्व निर्वाहा गर्न लाग्दा आफ्ना सामानको सुरक्षा समेत नभएकोले निर्माण सुचारु गर्न समस्या परेको बताए । प्रतिनिधि जस्तो ब्यक्तिले कम्पनीका ब्यक्तीलाई आफ्नो बसमा पारेर गर्न नहुने काम गरीएको आचार्यले बताएका छन् ।

उनले चोरी भएको सामान र जरीवाना सहित कानुनी कार्वाहीका लागि आफु लाग्ने बताए । सोही अनरुप आफुले जिल्ला प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको समेत आचार्यले सुनाए ।

स्थानियले भरपर्दो सुरक्षाको प्रत्याभुती दिए सहज रुपमा कार्यगर्न सकिन ,नत्र निर्माणमै समस्या आउने उनले बताए ।

यता बर्षा अघि खोलाको दुर्व तर्फ ड्याम निर्माण गर्न नसके निर्माणाधिन पुल तलका बस्ति र खेती योग्य जमिन कटान हुने भन्दै स्थानिय चिन्तीत बनेका छन् । पुल निर्माणका क्रममा खोलामा कटान गरीएकोले समयमा ब्यवस्थापन नगरे पानी बस्तिमा जाने भन्दै स्थानीय चिन्तित बनेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.