www.tandavnews.com
Fact ~ In search of truth

राजेन्द्र भण्डारीले किर्ते गरेर भवन निर्माण सम्पन्न पत्र लिएपछि…

पोखरा
ताण्डव न्यूज ।

पोखरा ९ नयाँबजार स्थित तमु धिं मार्गमा राजेन्द्र भण्डारीले संधियाराको किर्ते गरि महानगरबाट भवन निर्माण सम्पन्न प्रमाण पत्र लिएको आरोप लागेको छ । संधियारा गोमा रानाकोे सहि किर्ते गरि सम्पन्न पत्र लिएको गोमाका श्रीमान् यमबहादुर रानाले बताए ।

राजेन्द्रलाई महानगरले नै भवन निर्माणको सम्पन्नता पत्र दिएको छ । उनले गोमाको सहि किर्ते गरि मामालाई साक्षी राखेको यमबहादुरले बताएका छन् । ‘मामालाई साक्षी राखेको भनिएको छ । त्यो मामा भन्ने को हो हामीलाई थाहा छैन । कागज हेर्न पनि दिइएको छैन’ उनले सुनाए ।

Batas

गोमाको घर २०५३ सालमा बनेको हो । पुरानो जग्गा २४ हात रहेपनि हालसाविक गर्दा २० हात भयो । पछि गोमाको घर छेउमा राजेन्द्र भण्डारीले घर बनाए ।

घर बनाउँदा राजेन्द्रले गोमाको घरको दोस्रो तल्लाको बार्दलीमै आउने गरि ढलान गरे । जसका कारण बर्षात्को बेला राजेन्द्रको घरको सबै पानि गोमाको घरको बार्दलीमा पर्छ ।

समस्या भएपछि राना परिवारले महानगरमा निवेदन दियो । महानगरले पनि राजेन्द्रको गल्ति देखायो । राजेन्द्रको गल्ती ठहर्दै भत्काउने आश्वासन दिएपनि लामो समय महानगरले कुनै कारवाही अघि नबढाएको यमबहादुरले जनाए ।

यसबारे महानगरका मेयर मानबादुर जिसीसँग बुझ्दा राजेन्द्रकै गल्ती रहेको बताएका छन् । ‘राजेन्द्र भण्डारीकै गल्ती छ’ जिसीले भने‘त्यो जसरी पनि भत्काइन्छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.