www.tandavnews.com
Fact ~ In search of truth

दशनामी समाजको विभिन्न समिति चयन

पोखरा
ताण्डव न्यूज ।

नेपाल दशनामी समाज कास्कीको चौथाें अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । त्यसैगरी

नेपाल दशनामी युवा समाज प्रदेश नं ४ र युवा समाज जिल्ला तर्दथ समिति चयन गरिएको हो ।

Batas

कास्कीको अध्यक्षमा जगत मोहन गिरी

नेपाल दशनामी समाज कास्कीको चौथो अधिवेशनले जगत मोहन गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको प्रथम उपाध्यक्षमा हिरादेवी गिरी, द्वितीय उपाध्यक्षमा भरत गिरी, सचिवमा सूर्य गिरी, सहसचिवमा मिरा गिरी, कोषध्यक्षमा गंगा गिरी चयन भएका छन् ।

त्यसैगरी सदस्यमा भुपेन्द्र गिरी, बोधराज गिरी, दयाराम भारती , मिना गिरी, दयाल गिरी, किसान गिरी, शेषकान्त गिरी, लक्ष्मण गिरी, मोहन पुरी, खेमराज गिरी, विष्णुमाया गिरी, भोविन्द्र गिरी र रमा गिरी चयन भएका छन् । अन्य ३ जना सदस्य पछि मनोनयन गरिने अध्यक्ष जगत मोहन गिरीले बताए ।

युवा समाज प्रदेशको संयोजक अर्जुन गिरी

सोही दिन युवाहरुको भेलाले नेपाल दशनामी युवा समाज प्रदेश नं ४ तर्दथ समितिको संयोजकमा अर्जुन गिरीलाई चयन गरेका छ ।

नेपाल दशनामी युवा समाज केन्द्रीय संयोजक अशोक गिरीको प्रमुख आथित्यमा प्रदेश समिति चयन भएको हो ।

कास्कीका गिरीको नेतृत्वमा चयन भएको समितिमा सविच पदमा तनहुँका सुरेश पुरी र सदस्यहरुमा स्याङ्जाका आशिष गिरी, सुवर्ण गिरी, नवलपुरका डिल्लीराम वन, मदन गिरी र कास्कीकी शिक्षा गिरी रहेका छन् । समितिमा अन्य जिल्लाबाट सदस्य थप गरिने अध्यक्ष गिरीले जानकारी दिएका छन् ।

युवा समाज कास्कीको नेतृत्वमा किसन गिरी

नेपाल दशनामी युवा समाज कास्कीको तर्दथ समितिको संयोजकमा किसन गिरी चयन भएका छन् ।

समितिको प्रथम उपाध्यक्षमा दयाल गिरी, द्वितीय उपाध्यक्षमा केशरी गिरी, सचिवमा प्रेम गिरी, सहसचिवमा राजु गिरी र कोषध्यक्षमा पुनम गिरी चयन भएका छन् ।

सदस्यहरुमा उत्तम गिरी, प्रकाश गिरी, एलिना पुरी, रमेश गिरी, प्रविण गिरी, चिरञ्जीवी गिरी, प्रज्जवल गिरी, पूर्ण गिरी, कृष्ण गिरी, सुरज गिरी, अभिषेक गिरी, अनष्का गिरी र धुर्व गिरी छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.