www.tandavnews.com
Fact ~ In search of truth

नेपाल लोक आइडल गण्डकी अडिसन मंसिर १ र २ गते

पोखरा,
ताण्डव न्यूज ।

सार्थक डिजिटल म्यूजिक प्रा.लिको आयोजना र जेब्रा क्रियसनको प्रस्तुतीमा पहिलो पटक नेपाल लोक आइडल–२०७५ हुने भएको छ । लोकसंस्कृति जर्गेना र संरक्षण गर्ने उद्देश्यले लाेक अाइडल आयोजना गरिएको संयोजक जिवन पन्तले बताए ।

‘अन्य देशको गीत संगीतले गर्दा हाम्रो लोक भाका पछाडि परेका छन्,’ उनले भने, ‘यस्तो शो हरुले हाम्रो लोक भाका बचाइ राख्न मद्दत पुग्नेछ ।’

Batas

पहिलो नेपाल लोक आइडल विजेतालाई ३० लाख रुपैया, दोस्रो विजेतालाई १५ लाख रुपैया, यसै गरि तेस्रो लोक आइडललाई १० लाख रुपैया प्रमाणपत्र, विभिन्न गिफ्टहरु साथै उनीहरुको क्षमता अनुरुप गीत संगै म्युजिक भिडियोको व्यवस्था समेत रहेको निर्देशक सुरेन्द्र दाहालले जनाए ।

पहिलो चरणमा सातै प्रदेशका लोकप्रतिभाहरुको छनोट गरी उत्कृष्ट १० जनालाई काठमाडौ लगी केहि दिनको प्रशिक्षण पश्चात अरु छनोट चरणहरु अघि बढाउने आयोजकले जानकारी दिए ।

नेपाल लोक आइडलकाे अडिसन प्रदेश नं १ मा कार्तिक २८ र २९ गते विर्तामोड उद्योग वाणिज्य संघ विर्तामोड झापामा हुनेछ । गण्डकी प्रदेशमा मंसिर १ र २ गते होटल लेकसाइड, त्यस्तैगरि प्रदेश ३ मा मंसिर ७ र ८ गते दीप ज्याेती बोर्डिङ्ग स्कुल गोगबु काठमाडौमा हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.