www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रिपरिषद् बैठक : सरकार गठनको उद्देश्य पूरा, आज नै पदबाट राजीनामा दिदैंछन् देउवा

काठमाडौँ ।

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्ले आफ्नो उद्देश्य पूरा गरेको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकार सञ्चालनमा सहयोग गर्ने सबैमा धन्यवादसमेत दिएको बैठकपछि खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

Batas

उहाँले संविधान कार्यान्वयन गर्ने प्रमुख कार्य स्थानीय निकाय तथा प्रदेश\प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने सरकारको प्रमुख कार्यभार सम्पन्न गर्न सफल भएको बैठकले निष्कर्ष निकालेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आज नै देशवासीको नाममा सम्बोधन गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट राजीनामा दिनुहुनेछ ।

 

(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.