www.tandavnews.com
Fact ~ In search of truth

नेपाल यातायात मजदुर संघको राहत वितरण, व्यवसायीको आन्दोलनमा मजदुरले सघाउने

पोखरा
ताण्डव न्यूज ।

नेपाल यातायात मजदुर संघले दुःखमा परेका यातायात मजदुरहरुलाई राहत स्वरुप नगद रुपैयाँ हस्तान्तरण गरेको छ ।

संघमा सदस्यता लिएका मजदुरहरु विभिन्न दुर्घटना, घरायसी दुःख, झमेलामा परेकाहरुलाई उनीहरुको निवेदन माग अनुसार राहत वितरण गरिएको हो ।

Batas

‘संघमा आबद्ध भईसकेपछि मजदुरहरुको समस्यामा चासो दिँदै आएका छौं,’ संघका कास्की सभापति दामोदर पण्डितले भने, ‘मजदुरको हक हितका लागि भएपनि राहत वितरण कार्यक्रमले संघको गरिमा समेत उचो राखेको छ ’ उनले भने ।

राहत पाउने यातायात मजदुरहरुमा विरेन्द्र शर्मा, दुर्गा बहादुर थापा, रामजी श्रेष्ठ, मिनबहादुर गुरुङ, ठाकुर प्रसाद लामा, स्वतन शर्मा विधारी, चिरञ्जिवि बराल रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि ट्रेड यूनियन महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष मुरारी शर्माले संघले मजदुरको समस्यालाई समाधान गर्न पहलीकदमी स्वरुप राहत वितरण गरेकोमा आभार प्रकट गरे ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष जीतबहादुर गुरुङ, प्रजातान्त्रिक यातायात व्यवसायी संघ गण्डकी एवं पोखरा बस व्यवसायी समितिका सचिव अमृत तिमिल्सिना, प्रहरी नायब निरिक्षक राजेन्द्र कार्की लगायतले बोलेका थिए ।

संघका कास्की जिल्ला सभापति दामोदर पण्डितको अध्यक्षतामा भएको कार्यक्रम सचिव अर्जुन खनालले संचालन गरेका थिए ।

यातायात व्यवसायीको आन्दोलनमा मजदुर संघको समर्थन

नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर संघ कास्कीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सम्बद्ध अन्य विभिन्न ५ वटा महासंघले निर्देशन गरे अनुरुपको सार्वजनिक यातायातको आन्दोलनलाई समर्थन जनाउने भएको छ ।

बिहीबार आयोजित संघको राहत वितरण कार्यक्रममा बोल्दै कास्कीका अध्यक्ष दामोदर पण्डितले समग्र यातायात क्षेत्रको लगानीलाई नै धरासयी बनाउने उद्देश्यले जारी भएको यातायात व्यवस्था निर्देशिका आफूहरुलाई मान्य नहुने बताएका हुन् ।

यातायात व्यवसायीहरुको आन्दोलन अनुरुप २१ गते सम्पूर्ण सार्वजनिक सवारी साधन घर ग्यारेजमा थन्काउने र २७ गतेबाट अनिश्चित कालसम्मका लागि सवारी संचालन नगर्ने बताउँदै आएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.