www.tandavnews.com
Fact ~ In search of truth

जेठ ३ : स्टार कास्टको जुधाई

विनिता सुनार
पाेखरा. ताण्डव न्यूज । 

आगामी जेठ ३ गते अपेक्षा गरिएका २ फिल्म रिलिजको तयारीमा छन् । दर्शकले प्रतीक्षा गरिरहेको ‘जात्रैजात्रा’ र ‘विरविक्रम २’ । यी दुवै सिक्वल फिल्म हुन् ।

दुबै फिल्मले आआफ्नो तवरबाट प्रचारलाई तीब्र पारेका छन् । ‘विर विक्रम २’ ले मोफसलमा कलाकारहरुलाई उतारेर रोड शो गरिसकेको छ भने जात्रै जात्राले सामाजिक सञ्जालबाट विभिन्न फण्डा गरी प्रचार गरेको देख्न पाइन्छ ।

Batas

नेपाली फिल्मको बजारलाई विदेशमा समेत बिस्तार गर्न सफल निर्देशक मिलन चाम्सले ‘विर विक्रम २’ लाई निर्देशन गरेका हुन् । उनले लिलिविलि, बोबी, ह्याप्पी डेज जस्ता फिल्महरु विदेशमा छायाँकन मात्रै नभई सफल प्रर्दशन समेत गराइसकेका छन् । लगातर ३ फिल्मलाई हिट बनाई ह्याट्रिक गर्ने तयारीमा रहेका प्रदिप भट्टराईले ‘जात्रैजात्रा’ को निर्देशन गरेका हुन् । उनी निर्देशित जात्रा, शत्रु गतेले फिल्मी बजारमा राम्रो व्यापार गरिसकेको छ ।

स्टार कास्टको जुधाईका कारण पनि अहिले यी दुई फिल्म चर्चामा आएका छन् । नायिका वर्षा राउत र वर्षा शिवाकोटीको व्यक्तिगत इगोमा फिल्मको व्यापार समेत जोडिएको छ । फिल्म एकै साथ जुध्दा दुबै फिल्मले दर्शक नपाउने पो हो कि भन्ने पनि आंकलन हुन थालेको छ । किनकी ०७५ को अन्त्यमा रिलिज भएका दुई फिल्मको अवस्था जे थियो जेठ ३ गतेपछि त्यस्तै रह्यो । राम्रा फिल्म एकै साथ रिलिज हँुदा दर्शक बाँडिनु स्वभाविक नै हो ।

निर्देशकलाई फिल्म बनाउनु भन्दा कयौं गुणा गाह्रो काम हो, रिलिज मिति र हल पाउनु । एकै मितिमा राम्रा फिल्म जुधाउनुको पछाडी प्रमुख कारण भनेको वितरक बिचको प्रतिस्पर्धा नै हो ।

‘जात्रै जात्रा’ काठमाडौं उपत्यका भित्र स्टेसन फाइभ र बाहिर एफडिले वितरण गर्दैछन् भने ‘बिरविक्रम २’ लाई सुनिल मानन्धरले वितरण गर्दैछन् । पछिल्लो समय काठमाडौंमा राम्रो प्रभाव जमाएको स्टेसन फाइभ र देशभरका करिब ८० हलमा पकड रहेको एफडिका अगाडि सुनिल मानन्धरलाई सहज भने पक्कै छैन ।

दर्शकको प्रतिक्रिया दुवै फिल्म प्रति सकरात्मक छ । दुवै फिल्मले युट्युबमा आफ्नो ट्रेलर , गीतहरु सार्वजनिक गरिसकेका छन् । विरविक्रम २ मा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन र वुद्धि तामाङ मुख्य भुमिकामा छन् भने जात्रैजात्रमा विपिन कार्की, वर्षा राउ रविन्द्र सिहं वानिया र रविन्द्र झा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.