www.tandavnews.com
Fact ~ In search of truth

‘अनुराग’ टिम लिएर पोखरा आए ऋषि धमला

पोखरा
ताण्डव न्यूज ।
सञ्चारकर्मी ऋषि धमलाको निर्माणमा बनेको फिल्म ‘अनुराग’ यहि असोज १२ गते देखि देशभर प्रर्दशन हुदैछ । फिल्मको रिलिज डेट नजिकिदै गर्दा चलचित्र पत्रकार सघ कास्कीले आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रस्तुतकर्ता तथा सञ्चारकर्मी ऋषि धमलाले हाँसो र रोदनको एउटा होल प्याकेजमा चलचित्र निर्माण भएको बताए ।
‘अनुराग माया गर्नेहरुको लागि बनाइएको हो,’ उनले भने, ‘जसले प्रेम गर्छ, त्यसले देशलाई पनि माया गर्छ ।’ चलचित्रमा कुनै पनि फिल्म मनोरञ्जनको लागि मात्र नभई सन्देश मूलक पनि हुनुपर्नेमा उनले जोड दिए ।

चलचित्र साङगेतिक लभ स्टोरी भएपनि म्युजिकमा मात्र आधारित नभएको नायिका एलिजा गौतमले सुनाइन् । ‘चलचित्रमा सिम्पल केटि अनुको भुमिकामा छु,’ उनले भनिन, ‘अरु चलचित्रहरु भन्दा केहि फरक पाउनु हुनेछ ।’ फिल्मका निर्देशक सत्यराज चौलागाईले अनुराग साङ्गितक लभस्टोरीमा आधारित चलचित्र रहेकोे बताए ।

Batas

‘अहिले संङ्गित प्रतिको मायालाई फिल्ममा समेत देखाउन खोजिएको छ,’ उनले भने,‘ आशा छ, मेरो डेब्यु फिल्म हजुरहरुले माया गर्नुहुन्छ ।’
चलचित्रका नायक समुन्द्र पण्डितले अनुराग डेब्यु फिल्म भएकाले पनि यसबाट राम्रो अपेक्षा गरेको जनाए ।  ‘मैले गायकको भुमिका निर्वाह गरेको छु,’ उनले भने, ‘फिल्ममा गित संगितलाई माया गर्ने संगित प्रेमीको रुपमा मलाई देख्न सकिनेछ ।’

एरिका फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा नायिका एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत, शिशिर राण, मोहन राणा लगायतका कालाकारहरुले अभिनय गरेका छन् । नायिका एलिजा गौतम र नायक समुन्द्र पण्डितको यो डेब्यु फिल्म हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.