www.tandavnews.com
Fact ~ In search of truth

हुर्रेको छायांकनमा राजाराम नाच्ने, सन्नी लियोन हेर्ने

पोखरा
सन्तोष सुवेदी ।

हाँस्य कलाकार राजाराम पौडेलले आफूले फिल्ममा नृत्य गर्दा बलिउड नायिका सन्नी लियोनले हेरेको बताएका छन् ।

चलचित्र ‘हुर्रे’ को प्रचारको लागि पोखरा आएका पौडेलले सोही फिल्मको ‘ठेकीमा दही’ बोलको गीतको सुटिङ सन्नीले झन्डै २५ मिनेट उभिएरै हेरेको रमाइलो किस्सा सुनाए । ‘त्यो सिन नेपाली फिल्मको लागि नै दुर्लभ सिन हो । काठमाडौंको बौद्ध स्तुपामा सुटिङ गरेका थियौं,’ उनले सुनाए, ‘लियोन नेपाल आउनु र घुम्नको लागि त्यहाँ पुग्नु रमाइलो संयोगको रुपमा लिएको छु ।’

Batas

पौडेलले उक्त गीत सुटिङ गर्न ४ दिन लागेको बताए । ‘म डान्सर त होइन, जति नराम्रोसँग नाच्यो त्यति राम्रो बन्न जान्थ्यो,’ उनले सुटिङको क्षण स्मरण गर्दै सुनाए, ‘त्यहाँ घुम्न जानेलाई त मेरो डान्स अझै रमाइलो मानेर हेरेका थिए ।’

उनले उक्त गीतमा नायिका केकी अधिकारीसँग कम्मर मर्काएका थिए । पौडेलले फिल्म हुर्रेको अर्को ‘पशुपति’ बोलको गीतमा नायिका नीता ढुंगानासँग फिचरिङमा देखिएका छन् ।

‘१६ वर्षे उमेरको जस्तो डान्स गर्दा निकै रमाइलो भयो,’ सुटिङको रमाइलो पल सुनाए, ‘पूरै शक्ति निकालेर नाँचेको त केकीलाई समालिएर नाच्नै गाह्रो भएको थियो ।’

फागुन २५ गतदेखि देशभर प्रदर्शनमा आउने तयारी गरेको हुर्रेमा नायिका केकी अधिकारी ‘मेनका’ नामक पात्रमा देखिएकी छन् ।

‘नामले नै क्यारेक्टर फिचर गर्न सक्छ । आफ्नो मोह जालमा धेरैलाई फसाउने, आफ्नो वरिपरी घुमाउने पात्र छ,’ उनले सुनाइन्, ‘पशुपति क्षेत्रमा फूलको व्यापार गर्ने केटीको भूमिकामा छु ।’

उनले पहिलो पटक कमेडी फिल्मको खेलको बताइन् । ‘फिल्म फुलप्याकेज कमेडीमय छ । काम गर्दा आनन्द आएको थियो । फिल्म हेर्दा पनि दर्शकलाई मज्जा आउनेछ,’ उनले भनिन् ।

केकी अधिकारीसँग यसअघि ‘घामपानी’ मा स्क्रिन सेयर गरेका अंकित खड्काले पनि सुटिङको रमाइलो पल स्मरण गरे । ‘पशुपति मन्दिरको एरियामा काम गर्दा मरेको मान्छेको आफन्त उता रोएका हुन्छन् । यता हामी सुटिङमा हास्नुपर्ने अवस्था थियो,’ उनले सुनाए । अर्की नायिका संगीता नापितले पशुपति क्षेत्रमा चिया बेच्ने केटीको भूमिका निर्वाह गरेको सुनाइन् ।

फिल्ममा लेखन तथा निर्देशन यम थापाको रहेको छ ।

दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ दोर्जे लामाको लगानी छ भने सहनिर्माताको रुपमा अरुण सेदाई रहेका छन् ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.