www.tandavnews.com
Fact ~ In search of truth

‘सुश्री सम्पत्ती’ को शुभमुर्हत विन्दवासिनीमा

पोखरा ।

रंग पत्रकार सुब्रत आचार्य निर्देशन गर्न लागेको फिल्म ‘सुश्री सम्पत्ती’ को पोखरा विन्दवासिनी मन्दिरमा मंगलबार शुभमुर्हत गरियो । फिल्मको शुभमर्हुतसँगै छायाँकन पनि सुरु गरिएको छ ।

आचार्यले निर्देशन गर्न लागेकाले यो दोस्रो फिल्म हो । यसअघि उनले ‘अर्धकट्टी’ निर्देशन गरेका थिए । कमेडी सहित प्रेम कथा रहने फिल्म ‘सुश्री सम्पत्ती’ मा सलोन बस्नेत ,सारा सिर्पाली , विनोद न्यौपाने, प्रमोद अग्रहरि ,राजाराम पौडेल, जयानन्द लामा लगायतका कलाकारहरुको मुख्य अभिनय रहने छ । नायिका प्रियंका कार्कीको बिशेष भुमिका रहने जनाइएको छ ।

Batas

फिल्मको सम्पूर्ण छायाँकन पोखरामा गरिने निर्देशक आचार्यले बताए । फिल्ममा समावेश एउटा गीतको छायाँकन भने काठमाण्डौंमा गरिने छ ।

फिल्ममा सुरेश अधिकारीको संगीत, अर्जुन तिवारीको सिनम्याटोग्राफिक विराज गहतराजको कोरियोग्राफि रहनेछ । निर्देशक आचार्यले नै फिल्मको कथा लेखेका हुन् ।

रमेश त्वयना बिज्ञान राई ,नुनम सुब्बा र रोमन शिलाकर फिल्मका निर्माता हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.