www.tandavnews.com
Fact ~ In search of truth

गायक जीवन दाहालको अविरल संगीतयात्रा…

पोखरा

सन्तोष सुवेदी ।

घरको १३ औं सन्तान । जन्मता उत्तिकै गाह्रो । अन्य दाजुदिदीहरु सजिलै जन्मे पनि उनी जन्मदा अप्रेशन गर्नुप¥यो । ४३ वर्षको उमेरमा उनलाई आमाले जन्म दिएकी रे ।

आमा बिरामी भएपछि जन्मेको दुई महिनाभन्दा बढी दूध खान पाएनन । कास्कीको ढिकुरपोखरीमा जन्मेर पोखरालाई संगीतको कमथलो बनाएका गायक जीवन दाहालको बाल्यकाल साँच्चीकै जीवन जस्तै थियो, कहिले दुख त कहिले खुशी ।

उनले बाल्यकालमा रेडियो नेपाल क्षेत्रीय प्रशासरण केन्द्रबाट आउने कार्यक्रम देउराली खुब सुन्थे । पोखरा नजिकैको गाउँमा जन्मेपनि उनलाई पोखरा आएर गीत गाउन असहज थियो । ढिकुरपोखरीबाट पोखरा आउन १० रुपैयाँ भाडा तिर्नुपर्ने,त्यो रकम उनी सँग थिएन । परिवारबाट त्यति सर्पोट थिएन । बुवा पण्डित हुनुहुन्थ्यो ।

त्यसैले पनि गीत गायन क्षेत्र बुवालाई फिटिक्कै मन पर्दैनथ्यो । एकपटक मादल किनेर घर लैजादा बुवाले गाली गरेको उनलाई अझै सम्झान छ । कोदोसँग मादल साटेर मादल बजाउने धोका पूरा गर्न खाजेका दाहाललाई स्वतन्त्ररुपमा मादल बजाउन रोक थियो । मादलसँगै बास काटेर बासुरी पनि उनले थुप्रै बनाए, बजाएपनि । बासुरी बजाउँदा भगवान कृष्णको साधन भनेर हजुरबुवाबाट छुट हुने गथ्र्यो ।

बुवाको पण्डित पेसाबाटै उनीहरुको घरवार पालिएको थियो । सामान्य परिवार भएपनि उनको कलाकार अर्थात गायक बन्ने रहर निकै नै ठूलो थियो । बिहान घाँस काट्न जाँदा होस् वा गोरु हेर्न फाटमा जाँदा किन नहोस् उनको मुखमा गीत गुनगुनिएको हुन्थ्यो ।

 

‘बिहानै उठेर घरको काम गरेर स्कुल जाने गर्थे । दुई कक्षासम्म पढ्दा स्कुला खाली खुट्टा जान्थे,’ उनले बाल्यकाल सम्झिए, ‘स्कुलमा हुने शुक्रबारे कार्यक्रममा सहभागी हुनको लागि टंकप्रसाद पराजुली र कृष्णप्रसाद पराजुलीले उत्साहीत गराउँनुहुन्थ्यो । उहाँहरुले गीत गाएबापत पुरस्कार स्वरुप एक सुका, एक मोहर दिएका सम्झना छ ।’

कुरो २०५३ तिरको हो । त्यतिबेला भदौरे देउरालीमा अर्घो लागेको थियो । उनी कक्षा १० मा अध्ययनरत थिए । अर्घोमा उनले गायिका सानी नेपालीसँग बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निरन्तर दोहोरी गाए । त्यसले उनलाई दोहोरी गाउने आँट दिलायो । ‘काँचो ओखर भन्ने भाकामा दोहोरी गाएका थियौं,’ उनले भने, ‘लामो समय दोहोरी गाएर सिक्ने अवसर पाएको थिएँ ।’

उनको बाल्यकालमा प्रेमराज अधिकारीसँग सहकार्य गथ्ये । नाताले भान्जा अधिकारी गीत गाउन भनेपछि सँगसँगै हुन्थे । उनीहरु जोडी बनेर दोहोरी प्रतियोगितामा सहभागी हुन ठाउँठाउँमा पुग्थे । हुन त त्यो समय खासै दोहोरी प्रतियोगिता हुनी थिएनन तर पनि भएका कार्यक्रममा उनीहरुको सहभागी हुन्थ्यो नै ।

उनी सम्झन्छन, ‘पहिलो पटक लालिगुराँस युवा क्लव धम्पुसमा भएको दोहोरी प्रतियोगितामा द्धितिय भएको थिएँ । त्यसपछि थप हौसला मिल्यो ।’ केही महिना पछि पृथ्वीनारायण क्याम्पसमा भएको दोहोरी प्रतियोगितामा प्रथम भए । प्रतियोगितामा सफल हुन थालेपछि दोहोरी गाउन सकिने आट बटुले ।

सांगीतिक यात्रामा भान्जा अधिकारी अर्के पेसामा लागे पछि उनी केही समय एक्लै गीत गाउन हिडे ।

२०५३ सालमा रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्रबाट प्रशारित देउराली कार्यक्रम र रेडियो नेपालबाट अधिराज्यव्यापी लोकगीत प्रतियोगिता हुने खबर पाए । गाउँले दाई को सर्पोटमा उनी पहिलो पटक रात्री बस चढेर राजधानी हानिए ।

त्यहाँ पुगेपछि उनले बद्री पराजुली, तारापती सुवेदी, भगवान भण्डारी, बमबहादुर कार्की, नारायण रायमाझीसँग भेट भयो । अडिसन सुरु भयो, उनले ‘कास्की बैदाम ताल, विर्सियौ पिरती छुट्यो माया जाल’ बोलको गीत गाएका थिए । गीत त गाए तर रिजल्ट कुर्नको लागि ३ दिन कुर्नुपथ्यो । अडिसन दिने ४ सय भन्दा बढी प्रतिस्पर्धीमध्ये ७५ जनामात्र छानिथ्यो ।

त्यहाँ उनको नाम पनि थियो । ‘छनोट पछि टप टेनकोलागि फेरी अडिसन हुन्थ्यो । त्यहाँ पनि छनोट भएँ । अनि बल्ल प्रारम्भिक चरणको प्रमाणपत्र पाएको थिएँ,’ उनले सम्झे, ‘त्यसबेला घर नै नफर्कि ‘भन्न भाछैन’ भन्ने गीत रेकर्ड गरेँ ।

पहिलो एल्बम निकालेपनि उनले दोहोरी प्रतियोगितामा उत्तिकै सहभागी हुन थाले । २०५४ सालदेखि निरन्तर रुपमा दोहोरी प्रतियोगितामा भाग लिएका दाहाल २०६१ सालसम्म प्रतियोगि बने ।

यो अवधिमा उनी तीन दर्जन प्रतियोगितामा प्रथम, उस्तै प्रतियोगितामा द्धितिय, तृतीय बने । २०५४ देखि २०७३ सम्म निरन्तर दोहोरी साँझमा गीत गाए । त्यही भएरनै उनले ‘दोहोरी साँझ गायक अवार्ड’ समेत हात पारेका छन् ।

उनको संगीतको यात्रा नेपालका लगभग सबै जिल्लामा पुगेको छ भने विदेशमा भारत, थाइल्यान्ड र हङकङ पुगेका छन् ।

चर्चित गीत :

Mahanagar add

२०६० सालतिर ‘जाम त भने बनको बाटो’ बोलको एल्बम निकाले । उक्त गीतलाई निकै रुचायो । अझै पनि मेला महोत्सवमा दोहोरी प्रतियोगितामा सोही गीत रोजाईमा पर्ने गर्छ ।

‘चाइदैन धन, रातीराती बनको बाटो, सानु तिम्रो बिहे पछि हो’ लगायतका गीत उनका चर्चित गीत हुन् । जसले गर्दा उनलाई संगीत क्षेत्रमा स्थापित गराएको छ ।

तारापतीसँगको जोडी

२०५३ साल फागुन ७ गते प्रजातन्त्रको दिन रेडियो नेपाल सिंहदरवार काठमाण्डाँैमा स्वर परिक्षण गर्ने क्रममा तारापती सुवेदी र दाहालको भेट भयो । साँगितिक क्षेत्रमा तारापती सुवेदी केही अगाडिबाट प्रवेश गरे भने जीवन दाहालको ०५३ बाट नै यात्रा सुरु भयो ।

तारापती ‘सोल्टी दोहोरी साँझ’मा गीत गाउने गर्थे । त्यही दोहोरीमा दाहाल पनि जाने र गीत गाउने गर्न थाले । दोहोरी माहोल अझ राम्रोसँग बुझेपछि २०५४ सालमा रानीपौवामा स्थापित ‘निरला दोहोरी साँझ’मा सँगै गाउन थाले । करिब ४ बर्ष उक्त दोहोरीमा गाएपछि अन्य दोहोरी साँझतिर पनि पाइला लम्कन्दै गयो ।

दुवै जनाको आवाज एउटै भएको र जोडी हुनको लागि आग्रह गर्ने स्व. कल्याण शेरचन, राजेन्द्र लम्साल क्षेत्री, प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, नारायण रायमाझी थिए ।

आवद्ध संस्था :

२०५८ सालमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीको उपाध्यक्ष पद सम्हाले । त्यसपछि कास्कीकै सचिव हुँदै अध्यक्ष समेत भए । उनको कार्यकालमा थुप्रै राम्रा काम पनि भए ।

‘प्रतिष्ठान कास्कीमा रहदा उत्कृष्ट जिल्लाको रुपमा २ पटक केन्द्रीय कार्यसमितिबाट सम्मानित भएका थियौ ,’ उनले स्मरण गरे ।

२०६७ सालमा अञ्चल कार्यसमिति गण्डककीको सचिव र २०७० मा अध्यक्ष रुपमा कार्यकाल सफल पारे । उनकै कार्यकालमा अञ्चलमा समेत २ पटक उत्कृष्ट अञ्चलको रुपमा सम्मानित भएको थियो ।

उनको कार्यकालमा रक्तदान कार्यक्रम देखि चाइनाको पुल देखि सिर्जनाचोक सम्म सरसफाई कार्यक्रम, कलाकार कल्याणकारी कोष बृद्धिको निम्ति नेपाली फिल्म ‘परदेशी’को च्यारीटी, बृद्धाश्रम भुकम्प पीडितलाई सहयोग जस्ता थुप्रै सामाजीक सम्झने कार्यमा योगदान दिएका छन् ।

हाल उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य हुन् ।

पहिले र अहिले :

पहिला दोहोरी प्रतियोगिता विषयवस्तुको उठान गरि गाउनुपथ्र्यो । त्यो अहिले परिमार्जित बनेको छ । अहिले गुणस्तर कलाकार परिमार्जित छ । उनका अनुसार पहिला कलाकार–कलाकार बीच राम्रो सुमधुर सामिप्यता थियो । अहिले त्यस्तो छैन् ।

‘धेरै कलाकार भएर पनि होला । अहिले दोहोरी सजिलो पनि छ । पुरस्कार धेरै हुन्छ, ’ उनले भने ।

एल्बमको सन्दर्भमा पनि पहिला अडियो बिक्थ्यो । गीतमा गुणस्तर, सदावहार ढर्राका गीतहरु हुन्थे । पछिल्लो समय प्रविधि विकाससँगै अडियो हरायो, प्रतिस्पर्धा अस्वस्थ हुन थाल्यो ।

अहिले चलेको कलाकार बाँच्ने भनेको स्टेज कार्यक्रम रहेको उनको भनाई छ ।

‘चलेका कलाकार स्टेज कार्यक्रमले बाचेका छन् । नयाँलाई अझै गाह्रो छ ,’ उनले वर्तमान अवस्थाको चित्रण गरे, ‘सेन्सर नहुँदा कलाकार बढी थपिए र बिक्रिती पनि आयो । नेपाल सरकारले सेन्सरको व्यवस्थापन गरे सजिलो हुने थियो ।’

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...