www.tandavnews.com
Fact ~ In search of truth

नेता, मान्छे की देउता ?

केही समय अघि दक्षिण कोरियाको ग्वान्जुमा आयोजित एक कार्यक्रममा सहभागी हुने मौका मिल्यो ।

सो कार्यक्रम सन् १९८० मा भएको ग्वान्जु प्रजातान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धान्जली अर्पण सम्बन्धी थियो । कार्यक्रम उद्घोषिकाले प्रधानमन्त्रीको आगमन हुँदैछ, सबैले मोबाइल साइलेन्ट मोडमा राख्नुहोला भनेर उद्घोष गरिन् ।

प्रधानमन्त्री ली हिँडेर कार्यक्रम स्थल सम्म आईपुगे । उनका लागि विशेष कुर्सी थिएन, साधारण कुर्सीमा बसे ।

Batas

वरपर कार्यकर्ताको स्कर्टिङ देखिएनन् र खादा अनि मालाका थुप्रा पनि भेटिएनन् । नत कसैले उनको देवत्वकरण नै गरे । मान्छे जस्तै भएर आए अनि मान्छे जस्तै भएर फर्किए, बस् यही कुरो हामी सबै नेपाली सहभागीले अचम्म परेर नोटिस ग¥यौँ ।

झरी पर्दै गर्दा उनले मन्तव्य दिँदै थिए तर झरीमा न उनलाई छाता ओढाईदिने मान्छे थिए नत उनलाई मञ्चसम्म पु¥याईदिने मान्छे नै । जनता बसेकै पंक्तीमा र जनता बसे सरहकै कुर्सीमा बसे ।

करिब साढे दुईघण्टाको कार्यक्रममा पुग नपुग दश मिनेट भाषण गरे, भाषणमा विपक्षी दलका नेता वा पार्टीलाई गाली गरेनन् । मुलुक समृद्धीको कुरा गरे, प्रजातान्त्रिक आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सम्बोधन गरे ।

असाधारण पदको साधारण मन्तव्य । झरी पर्दै गर्दा उनले मन्तव्य दिँदै थिए तर झरीमा न उनलाई छाता ओढाईदिने मान्छे थिए नत उनलाई मञ्चसम्म पु¥याईदिने मान्छे नै । जनता बसेकै पंक्तीमा र जनता बसे सरहकै कुर्सीमा बसे । एक्लै उठेर मञ्चसम्म पुगे, आफ्नै हातले भाषण नोट निकालेर पढे ।

प्रमुख, विशिष्ठ अथवा अन्य कुनै क्याटगोरीका अतिथी नभई सबै अतिथी भएको कार्यक्रम भव्य रूपमै सम्पन्न भयो ।

हामीकहाँ जिल्ला स्तरका नेता तथा कार्यकर्ता सम्झन्छु, उनीहरूमात्रै किन अहिले निर्वाचित जनप्रतिनिधिज्यूहरूलाई नै लिऊ न । हामीले कहिले मान्छे हुन दिएनौँ । देवत्वकरण गरिरह्यौँ र हामीले नियुक्त गरेका देउताहरूबाट आर्शिवाद अथवा फलिफापको आश गरिरह्यौं ।

आफू अनूकुल काम गरिदिने जनप्रतिनिधी वा नेतागण हाम्रा लागि सँधै वरिष्ठ र बिशिष्ठ, जसले हाम्रा लागि केही गर्दैनन् उनको हामी नाम पनि सुन्न चाहदैनौं ।

कसैले देउता बनाईदिँदा गजक्क परेर आसनमा बस्ने नेतागणले बारबार घरदैलोमा हिँड्नुपर्ला तर जनता जस्तै भएर जनतासँगै काम गरेका उम्मेद्वारले भोटका लागि धेरै मेहनत नै गर्नुपर्दैन् ।

चुनावताका पार्टीका एजेन्डा प्रचारप्रसार गर्दा छाता ओढाउने देखि बेलाबेला उपल्लो तहका व्यक्तित्व कहाँ जुत्ताको तुना बाँधिदिएका फोटोहरू पनि बेला बेला भाईरल भईदिन्छन ।

अन्तका कार्यक्रम तथा नेतागण हेर्दा बेलाबेला लाग्छ, हामीले हाम्रा बिशिष्ठज्यूहरूलाई यति बिशिष्ठ बनाईदियौँ त्यो बिशिष्ठताको ओहदा र मालाले नै उहाँहरूलाई साधारण बन्न दिएन ।

पहुँच, चाकरी र मेजमानी हिजो पनि थियो, आज पनि छ, थाहा छैन् कहिले सम्म चल्नेछ । अधिकांश पुरुष बिशिष्ठ हाम्रा लागि दाई भइरहन्छन् र महिला बिशिष्ठ हाम्रा लागि दिदी भइरहन्छन् । नव निर्वाचित भाई, भतिज, काकी, दिदी, माईजु, बुहारी, मामा र मित्र त कुरै छोडौँ ।

लोकसेवाले प्रश्न नसोधे पनि हामीलाई अधिकांश नेतागणको जन्ममिति र म्यारिज एनिभर्सरीको मिति कण्ठै हुन्छ । दुखको कुरो फेसबुकमा आफ्नै दलका बरिष्ठ नेताको वार्षिकी भन्दा जन्म मितिका शुभकामना पोष्ट धेरै पढ्न पाईन्छ ।

कहिँले कसो भेट भइहालेका नेताज्यूसँग फोटो खिचेर पछि शुभकामनाका लागि भनेर छुट्याउँछौँ । देवत्वरणको महानमुना नै लाग्छ यो ।

हाम्रा एक दलभित्र कयौँ गुट र उपगुट अटाउँछन् । आफ्नो गुटले नजित्दा पार्टीलाई हराउनसम्म पनि कार्यकर्ता लागि परेका उदाहरण प्रशस्तै छन् । हालैको स्थानीय चुनावमा केही जिल्लामा त्यस्तै भएको सुनियो ।

सिमित कार्यकर्ताले घेरेर जनतासम्म जान नदिँदा उम्मेदवार हार्नुपरेको भन्ने आरोप पनि लागे केहीलाई । धेरैको त मापन गर्न सकिन्न तर अधिक देवत्वकरणले हानी त गर्छ नै ।

कसैले देउता बनाईदिँदा गजक्क परेर आसनमा बस्ने नेतागणले बारबार घरदैलोमा हिँड्नुपर्ला तर जनता जस्तै भएर जनतासँगै काम गरेका उम्मेद्वारले भोटका लागि धेरै मेहनत नै गर्नुपर्दैन् ।

पार्टीले टिकट दिने समयमा डर रहला तर जनताको भोटको खरिददारीको झण्झट उनलाई रहँदैन । नत घात्, अन्र्तघात् र प्रतिघातसँग डर नै रहन्छ ।

कार्यकर्ता र शुभचिन्तकको घेरा कुन तहसम्म भनेर छुट्याउन सक्नु र आफूलाई जनतासँग घुलमिल गराउन सक्ने व्यक्ति नै वास्तविक नेता हो ।

आफैंले आफैंलाई प्रश्न गर्न आवश्यक छ कि तपाई करोडौँ जनताको नेता बन्ने या सयौँ कार्यकर्ता र शुभचिन्तकको देवता ?

लेखकबाट थप

बेला बेला ब्युँझिने राष्ट्रवाद !

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.