www.tandavnews.com
Fact ~ In search of truth

नयाँ व्यवस्थापनसहित ‘न्यूरोड ट्राभल एण्ड टुर्स’को स्तरीय बस सेवा

पोखरा
ताण्डव संवाददाता

पोखराको पर्यटकीय क्षेत्रमा नयाँ लगानी थपिएको छ । पोखरामा प्रधान कार्यालय स्थापना गरी न्यूरोड ट्राभल एण्ड टुर्स प्रालिले नयाँ व्यवस्थापनका साथ पर्यटकको सुविधालाई मध्यनजर गर्दै स्तरीय टुरिष्ट बस संचालनमा ल्याएको हो ।

पोखरेली दुई युवा प्रसान्त आचार्य र सुजन आचार्यको सयुक्त लगानीमा ट्राभल संचालनमा आएको हो ।  ‘प्रदेश नम्बर चार पर्यटकीय दृष्टिकोण नेपालमै सर्वोत्कृट भएकाले पनि यहाँको सम्भावित पर्यटकको चापलाई मध्यनजर गर्दै हामीले स्तरीय टुरिष्ट बस सेवा संचालनमा ल्याएका हौं ’ प्रबन्ध निर्देशक प्रसान्त आचार्यले ताण्डव न्यूजलाई बताए ।

Batas

पोखरा हल्लनचोक स्थित प्रधान कार्यालय रहेको ट्राभलको शाखा कार्यालय काठमाण्डौंको लाजिम्पाटबाट समेत सेवा प्रदान गर्ने भएको छ ।

ट्राभलको प्रत्येक बिहान ७ः३० बजे पोखरा टुरिष्ट बसपार्कबाट बस छुट्ने छ । त्यसैगरी काठमाण्डौंबाट प्रत्येक बिहान७ बजे कान्तिपथबाट बस छुट्ने संचालक सुजन आचार्यले जानकारी दिए ।

ट्राभलमा यात्रा गर्ने हेरक यात्रुलाई विशेष सेवा स्वरुप कम्पनीले पत्रपत्रिका, मिनरल वाटर, फ्रुट जुस उपलब्ध गराउने जनाएको छ ।

डेढ करोड लगानीमा कम्पनीले एसी सहितका दुई सुविधायुक्त बस संचालनमा ल्याएको हो ।

कम्पनीले शुभारम्भर अवधिभर फागुन २१ गते देखि २८ गतेसम्मका लागि काठमाण्डौं देखि पोखरा आउने यात्रुलाई दुई टिकटको खरिदमा एक टिकट निशुल्क अफर सार्वजनिक गरेको जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.