www.tandavnews.com
Fact ~ In search of truth

नारायणगढ मुग्लिन सडकखण्ड : ढुंगा खस्न थालेपछि आलोपालो सवारी सञ्चालन

चितवन ।

नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा तीन दिनयता ढुंगा खस्न थालेपछि अवस्था हेरेर पालैपालो सवारीसाधन सञ्चालन गरिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार चट्टानको चरबाट पानी छिरेसँगै ढुंगा खस्ने समस्या आएको हो ।

Batas

प्रहरीले बुधबार बिहानबाट ढुंगा खस्ने अवस्था हेरी पालैपालो सवारीसाधन सञ्चालन गरिरहेको छ । प्रहरी चौकी जुगेडीका प्रमुख पदम बस्ताकोटीका अनुसार बुधबार बिहान ३ बजेबाट नियमितरुपमा निगरानी राखेर पालैपालो सवारी सञ्चालन गरिएको बताए।

भिरमा ढुंगा अड्किएर बसेकाले कुनै पनि बेला खस्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भित्तोको तल्लो भागमा पत्थर ढुंगा छ भने माथिल्लो भागमा माटोसहितको ढुंगा रहेको छ ।

सो सडकको २७ किलो भन्ने भालुढंगामा पनि सोही प्रकृतिको पहाड छ । सो क्षेत्रमा पनि समय समयमा ढुंगा खसेर दुःख दिँदै आएको छ । सो सडक विस्तारको अन्तिम चरणमा छ । सडक विस्तार गर्ने क्रममा भित्तो काटिएपछि पहिरो जाने र ढुंगा खस्ने समस्या देखिँदै आएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.