www.tandavnews.com
Fact ~ In search of truth

लोकतान्त्रिक निर्माण व्यवसायी संघको प्यानल सार्वजानिक

पोखरा
ताण्डव न्यूज

नेपाल निर्माण व्यवसायी संघ कास्कीको २६ औं वार्षिक साधारणसभा तथा १४ औं जिल्ला अधिवेसनको लागि लोकतान्त्रिक निर्माण व्यवसायी संघले उम्मेदवार सार्वजानिक गरेको छ ।

भदौ २२ र २३ गते पोखरामा हुने अधिवेसनको लागि संघले सुरेश श्रेष्ठको अध्यक्षतामा बिहीबार उम्मेदवार सार्वजानिक गरेको हो । जसमा वरिष्ठ उपाध्यक्ष बलबहादुर राना (कान्छा), उपाध्यक्षमा दिपेन्द्र मर्सानी, सचिवमा टेकबहादुर भुजेल (टिका), सहसचिवमा ई. शिरशकुमार बास्तोला, कोषाध्यक्षमा लिलकाजी गुरुङ र सह–कोषाध्यक्षमा हिरामणी पोख्रेल रहेका छन् ।

Batas

सदस्यतर्फ होमबहादुर भुजेल, धुब्रबाबु भट्टराई (आइडि), ई. ज्ञानेन्द्र घिमिरे, सुमन श्रेष्ठ, बुद्धिमान तामाङ्ग (गोले) र हिक्मतजङ्ग कार्की रहेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.