www.tandavnews.com
Fact ~ In search of truth

विदेशी भूमिबाट नेपाललाई सहयोग गछौ : एनआरएन गुरुङ

पोखरा
ताण्डव न्यूज ।

हिमाल गुरुङ एनआरएन होल्यान्डका पूर्व अध्यक्ष तथा नव निर्वाचित आइसिसि मेम्बर हुन् । लामो समय देखी नेदरल्याण्डमा बसोबास गर्दै आएका उनि एनआरएन नेदरल्याण्डको अध्यक्ष समेत भैसकेका छन् । एनएरआरएन नेदरल्याण्डका काम कारवाहीबारे ताण्डव न्यूजले गुरुङसँग केहि प्रश्न राखेको थियो ।

तपाई आवद्ध संस्थाको काम के हो ?

Batas

हामी एउटा पुल हौं । हामीले नेदरल्याण्डमा रहेको आइसिसिको कामलाई एनसिसिमा पुर्याउने अनि एनसिसिका कुरा आइसिसि सम्म पुर्याउने काम गर्छौं ।

नेदरल्याण्डमा नेपालीहरुको मुख्य समस्या के हो ?

पहिला अबैधानिक बसोबास प्रमुख थियो । अहिले अबैधानिक रुपमा बस्ने नेपालीहरु छैनन् । त्यसो हुदाँ अहिले खासै समस्या छैन ।

तपाईले नेपालको लागी के गर्न सक्नुहुन्छ ?

विदेश बसेपनि नेपाललाई के गरौं भन्ने हो । हामिले नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गरेका छौं । गोर्खा बाग्लुङ लगायतका क्षेत्रमा बिद्या विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक सुधारको लागी सहयोग गरेका छौं ।

नेपाल र नेदरल्याण्डमा के फरक छ ?

बिदेशमा समयको कदर हुन्छ । मिहनेत गर्न सिक्छौं । तर नेपालमा न समयको महत्व बारे थाहा न त श्रमको सम्मान छ ।

अन्त्यमा के भन्नु हुन्छ ?

विदेशमा रहेका धेरै साथिहरु नेपालमै फर्कन खोज्दै हुनुहुन्छ । नेपालमै केही गरौं भनेर धेरै फर्कि पनि सक्नुभएको छ ।

अहिले युवा पुस्ताले विदेश विदेश भनेर आफ्नै करिअर बर्बाद गर्दै हुनुहुन्छ । नेपालमै पनि धेरै कुरा गर्न सकिन्छ । जो विदेशमा हुनुहुन्छ उहाँहरु पनि सिप सिकेर नेपालमा आएर केही गरौं भन्ने सोच बनाउनु पर्दछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.