www.tandavnews.com
Fact ~ In search of truth

एनटीएचएमसी : नेपालकै उत्कृष्ट, कुनैपनि विद्यार्थी बेरोजगार छैनन्

पाेखरा
ताण्डव न्यूज । 

नेपाल टूरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज हो । यस कलेज स्थापना हुनुभन्दा पहिले विद्यार्थीहरु होटल म्यानेजमेन्ट अध्ययान गर्नको लागी नेपाल बाहिर जानुपथ्र्यो । भारत लगायत स्वीट्जरल्याण्ड जस्ता देशहरु पुग्नुपथ्र्यो, होटल म्यानेजमेन्ट पढ्नकै लागि ।

हामीले सन् १९९९मा यस कलेज स्थापना गरेपछि पोखरा विश्वविद्यालयको सम्वन्धन पाई त्यसै साल बिएचएम् (BHM) प्रोग्राम संचालन गर्यौ । हाल पोखरा आसपासका जिल्ला मात्रैै नभएर नेपाल अधिराज्य भरीका विद्यार्थी यहाँ अध्ययन गरिरहेका छन् ।

Batas

नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज भई आफ्नो ब्रान्ड बनाउन सफल भैसकेको यस कलेजले विद्यार्थीको पठनपाठनमा कुनै कसुर बॉकी राखेको छैन । नेपाल तथा अन्तराष्ट्रिय होटल व्यवासयको माग अनुरुप पठनपाठन गराउने कारणलेनै हाम्रा विद्यार्थीको माग उच्च रहेको छ ।

हाम्रा विद्यार्थीले होटल म्यानेजमेन्टका सम्पूर्ण विषयहरु पढ्नुका साथै प्राक्टिकल समेत गर्छन् । यस अलावा हामीले इन्टर्नसिप प्रोग्राममा अन्तिम वर्षमा नेपालका लगायत विदेश जस्तै दुवई, कतार, चिन, मलेसिया, जमर्नी, थाइल्यान्ड आदि देशका होटलहरुमा पठाउँछौ ।

छिनेडाँडामा रहेको यस कलेजकै अर्को सिटि कलेज पनि छ, गैह्रापाटनमा । हामीले यहाँ होटल म्यानेजमेन्टको ब्याच्लर (Bachelor) र प्लस टू (+2) कोर्सहरु संचालन गरिरहेका छौँ ।

गैह्रापाटनमा बिबिए (BBA) र बिबिए-बिआइ (BBA-BI) संचालीत छ । हाम्रा बिबिए र बिबिए(बिआईका विद्याथीहरु पोखरा र यस आसपासका बैंक, मन्टिनेशनल कम्पनी, फाईनान्स कम्पनीहरु, इन्सुरेन्स कम्पनीहरुमा, विजनेस हाउसहरुमा कार्यगत छन् । सिमित विद्याथी सख्यामात्र लिने भएकाले हाम्रो कलेजमा विद्याथीको चाप अत्याधिक हुने गर्छ ।

प्रत्यक वर्ष करिब ४ सय आवेदकबाट बिएचएममा ८६ विद्यार्थी, बिबिएमा ४३ र बिबिए बिआईमा ४३ मात्रै लिन्छौँ । प्लस टू मा साढे ३ सय विद्यार्थीको आवेदनबाट जम्मा १०० जना लिन्छौ ।

हाम्रो कलेज हस्पीटालिटि म्यानेजमेन्ट र बिजनेश म्यानेजमेन्टमा नेपालकै उत्कृष्ट कलेज हो । अहिलेसम्म यहाँबाट पास आउट भएका विद्यार्थीहरु एकजना पनि जबलेस छैनन् । यो हाम्रो मात्र नभई गण्डकी प्रदेशकै गर्वको कुरा हो ।

पोखराकै ठूला होटलहरुले हाम्रा विद्यार्थीहरुको माग गर्दा पनि दिन सकेका छैनौँ । विश्वविद्यालयको पाठ्यक्रममा मात्र सिमित नभई हामीले स्पेसलाइजेसनल बेकरी कोर्स बिदेशी प्रशिक्षकबाट प्रदान गराइरहेका छौँ । साथै चाइनिज प्रशिक्षकबाट चाइनिज भाषा पनि अध्यापन गराएका छौं ।

त्यति मत्रै नभएर, हामीले प्लस टू मै प्रत्येक दिन होटल म्यानेजमेन्टका प्राक्टिकल कक्षाहरु संचालित छन् । यसले विद्यार्थी प्लस टू मात्रै पास गरेपछि नै जबमा जोइन हुन सक्छन् ।

हालमात्रै यस कलेज ‘इओफा’ (EUHOFA) को सदस्य हो । यो भनेको ‘इन्टरनेसनल एशोसियसन अफ होटल स्कुल’ हो । ५२ वटा देशका साढे २ सय भन्दा बढी होटल म्यानेजमेन्ट कलेजहरुको संस्था हो । यो कलेज यस संस्थासँग आबद्ध हुनु भनेको विद्यार्थीकै लागी फाइदाको कुरा हो । यससँग जोडीएका सबै देशमा संचालीत कलेजहरुको डिग्रीको मान्यता लगभग एउटै हुन्छ । अमेरीका, अष्ट्रेलिया, मेक्सीको, क्यानाडा, चिन, पाकिस्तान, रुस, फ्रान्स, स्वीट्जरल्याण्ड लगायतका देशहरुमा यहाँका विद्यार्थी जान सक्छन्, त्यहाँका विद्यार्थी हाम्रोमा आउन सक्छन् ।

हामीलाई अरु मुलुकबाट विद्यार्थीहरुले मेल पनि गरिरहेका हुन्छन् । त्यहाँ पढ्न आउन मिल्छ कि मिल्दैन ? के छ प्रोसेस भनेर । इमिग्रेसनका पोलिसिहरु चेन्ज भएको खण्डमा, भिसाको प्रोसेस लगायतका कुरा मिलेको खण्डमा इन्टरनेसनल स्टुडेन्टहरु पनि हाम्रो कलेजमा अध्ययनकै लागी आउन सक्छन् ।

अब छिट्टै नै हामीले मास्टर इन हस्पीटालिटि म्यानेजमैन्ट ल्याउछौ । यसको लागि र्कोष डिजाइन गर्दैछौँ । इन्टरनेसनल स्टाण्डर्डको भवन पनि बन्दैछ । यसका लागी पोखरा विश्वविद्यालय र एक्सपर्टहरुसँग सहकार्य गरिरहेका छौँ । प्रत्येक वर्ष उल्लेख्य संख्यामा विद्यार्थीहरुको इन्क्वाइरी पनि आइरहेको छ । हामीले कोर्स सुरु गरिसकेपछि विद्यार्थी प्लस टू देखि मास्टर्स सम्मै यहि कलेजमा अध्ययन गर्न सक्नेछन् ।

प्रस्तुती : माधव भुसाल

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.