www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीको निर्देशनमा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन शुरु

काठमाडौँ, (रासस): प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ठूला आयोजनाको अनुगमनको पनि अनुगमन गर्न शुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका ठूला आयोजनाको अनुगमनमाथि पनि अनुगमन शुरु गरेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।

“प्रधानमन्त्री ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन शुरु गरेर ठूला राष्ट्रिय गौरवका आयोजनाको अनुगमनमाथि पनि अनुगमन शुरु गर्नुभएको छ” उनले भने, “अबदेखि हामी नियमित रुपमा राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्नेछौँ ।”

मन्त्री तथा सचिवले पेश गरेको आव २०७५/७६ को मन्त्रालयगत कार्ययोजनाको कार्यान्वयनको अनुगमनमाथि पनि अनुगमन शुरु गर्ने योजनाअनुसार नै प्रधानमन्त्रीबाट राष्ट्रिय आयोजनाको अनुगमन भएकाे प्रवक्ता कुँवरले जानकारी दिए।

प्रत्येक मन्त्रालयमा पनि आ–आफ्ना अनुगमन संयन्त्र रहेपनि त्यसले मात्र पर्याप्त अनुगमन नहुने भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुगमन गर्न शुरु गरेको जनाइएको छ । साथै कार्यालयबाट उपत्यकाको फोहर उठाउनसमेत निर्देशन दिइएको बताए ।

यसैगरी सडकका खाल्डाखुल्डी पुर्न, जोरपाटी सडकखण्ड मर्मत गर्न, अत्यधिक रुपमा बढेको वस्तुको मूल्य नियन्त्रण गर्नसमेत प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले जनाए।

प्रवक्ता कुँवरले प्रत्येक १५ दिनमा मन्त्रालयको कार्यविवरण प्रधानमन्त्री कार्यालयमा समेत पठाउने निर्देशन दिएको जानकारी गराए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.