www.tandavnews.com
Fact ~ In search of truth

ओम डेभलपमेन्ट बैंकबाटै पैसा घोटाला

पोखरा
ताण्डव न्यूज ।

ओम डेभलपमेन्ट बैंक प्रधान कार्यालय पोखराबाटै एटिएममा पैसा घोटाला भएको घटना सार्वजनिक भएको छ ।

चिप्लेढुङ्गामा रहेको प्रधान कार्यालयका कर्मचारी आईटी हेड अशोक गुरुङले करिब ६० लाख रुपैयाँ घोटाला गरेको आरोप लागेको बैंक स्रोतले बतायो ।

Batas

प्रधान कार्यालयमै रहेको एटिएम र गैह्रापाटन फिस्टेल अस्पतालमा रहेको एटिएमबाट रकम हिनामिना भएको स्रोतले बतायो ।

घटनाको छानबिन गर्न लमजुङ घर भई हाल लेखनाथ विजयपुर बस्दै आएका आईटी हेड गुरुङलाई निलम्बन गरि बैंकले भित्रभित्रै घटना सल्टाउन खोजेको स्रोतले बतायो ।

‘गुरुङले गल्ती गर्नुमा बैंकको ठूलो मिस्टेक छ,’ स्रोतले भन्यो, ‘आईटी हेडले नै घोटाला गरेपछि बैंकलाई कसरी विश्वास गर्ने ?’

गुरुङले किन यस्तो गरे भन्ने खुल्न नसकेको स्रोतले बतायो । ‘घोटाला भएकै हो, तर एटिएमबाट मिलाएर रकम खाएको पाइन्छ,’ स्रोतले भन्यो, ‘बैंकले ख्याल नगरेरै हो । लामो समयदेखी यस्तो भएको भन्ने आएको छ ।’

घोटाला गरेको थाहा पाएपछि बैंकले उनलाई केही समयको लागि निलम्बन गरि आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको हो ।

ठूलै रकमको घोटाला हुँदा समेत बैंकले भित्रभित्रै मिलाउन खोजेपछि अन्य ठूला कर्मचारीको पनि हात हुन सक्ने शंका उब्जीएको हो ।

‘बैंकले एक लाख किन नहोस् घोटाला गर्ने कर्मचारीलाई प्रहरीकहाँ जाहेरी दिएर प्रक्रिया अघि बढाउनु पर्ने हो,’ स्रोतले भन्यो, ‘६० लाख रकम हिनामिनाको कुरा आउँदा भित्रभित्रै मिलाउनु मिल्छ ?’

ओम डेभलपमेन्ट बैंकका सिईओ विश्वमोहन अधिकारीले त्यस्तो कुनै घटना नभएको भन्दै लुकाउन खोजे । ‘हामीकहाँ त्यस्तो केही भएको छैन,’ उनले भने, ‘सबै ठिक छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.