www.tandavnews.com
Fact ~ In search of truth

BREAKING : ओमराज पौडेलको शव फेला

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलको शव फेला परेको छ ।

असार ९ गते देखि बेपत्ता भएका पौडेलको शब आज (शनिबार) तनहुँ भिमाद नजिक सेति नदिमा भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख तथा एसपी ओम बहादुर रानाले बताए ।

Batas

‘भिमाद नगरपालिका–६ सेती नदिमा घोप्टो अवस्थमा भेटिएको हो,’ उनले भने, ‘बिहान ८ः३० बजे तिर भेटिएको हो, परिवारले समेत शव पहिचान गरिसकेका छन् ।’ शवलाई पोखरा ल्याइने प्रहरीले जनाएको छ ।

घरबाट हराउनु अघि पौडेलले परिवारलाई सम्बोधन गर्दै छोटो पत्र पनि लेखेका थिए ।

पत्रमा ‘कठै उर्मिला, तिमिले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिनँ । ३ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जाँदैछु । राम्रोसँग बसे चारै जना । अलबिदा ’ लेखिएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.