www.tandavnews.com
Fact ~ In search of truth

कसरी हुन्छ मुख क्यान्सर ?

पोखरा
ताण्डव न्यूज ।

डा.विवेक सुनार , डेन्टल सर्जन

क्यान्सर भन्नाले शरीरको कुनै पनि अंगमा कोषिकाहरुको असमान्य , अनिश्चित र असीमित रुपले बृद्धि हुनु भन्ने बुझिन्छ । शरीरको कुनै पनि भाग वा अंगमा हुन सक्छ ।

Batas

मुख भित्र हुने यस्तो अवस्थालाई मुखको क्यान्सर भनिन्छ । क्यान्सर कुनै पनि उमेरका व्यक्तिहरुमा हुन सक्ने भएता पनि यसको जोखिम बढ्दो उमेर संगै बढ्दै जाने हुन्छ ।

मुखको क्यान्सर एसियामै अन्य क्यान्सरहरु मध्ये छैठौं स्थानमा पर्दछ । क्यान्सर सरुवा रोग होइन तर सुरुको अवस्थामा उपचार गराउन सके यो रोग निको हुन्छ ।

 

मुखको क्यान्सर हुने जोखिम तत्वहरु

-सुर्तिजन्य पदार्थको सेवन गर्नु
-मादक पदार्थको अत्याधिक सेवन गर्नु
-वंशाणुगत
-सुर्यको बिकिरणहरु लगातार ओठ , मुखमा परिरहनु

-मुख भित्र लगाइने नक्कली दाँत ( Complete denture, removable partial denture ) तिखा ,धारिला , फुटेका र लगातार घाउ बनाई राख्ने भएमा

-ह्युमन प्यापिलोमा भाईरस – Human papilloma virus HPV-16) को संक्रमणले

लामो समयसम्म सुर्तिजन्य पदार्थ र मादक पदार्थको सेवन गरी धेरै पैसा खर्च हुने र मुखको क्यान्सर पनि हुने भएकाले यसलाई धेरै खर्च गरेर किनिएको रोग भन्दा फरक नपर्ला ।

मुखको क्यान्सरका लक्षणहरु

शरीरका विभिन्न अंगमा लाग्ने क्यान्सरका लक्षणहरु अंग अनुसार फरक–फरक हुने भए पनि लक्षणहरु एक अर्कामा मिल्दाजुल्दा हुन सक्छन् । मुखको क्यान्सरका लक्ष्णहरु यस्ता रहेकाछन्

-मुखमा सेतो वा रातो दाग वा घाउ -Leukoplakia, erythroplakia) देखिनु
-जिब्रो, गिजा, ओठ , गालाको भित्री भागमा घाउ , गिर्खा देखीनु
-सामान्य घाउबाट सुरुभई सामान्य उपचारहरुबाट निको नहुनु
-लामो समय सम्म घाउ निको नहुनु र बिस्तारै फैलदै जानु
-घाँटीमा अप्ठयारो हुनु, दुख्नु, खाना निल्न गाह्रो हुनु , साँस गन्हाउनु
-खाना चपाउन गाह्रो हुनु, बोल्न, मुखको चिउँडो (हड्डी) हल्लाउन गाह्रो हुनु
-मुख भित्रका नसाहरुमा समस्या भई, मुखको भाग लाटो हुनु

मुखको क्यान्सरबाट बच्ने उपायहरु

-सुर्तिजन्य पदार्थको सेवन नगर्ने
-मादक पदार्थको सेवन नगर्ने
-स्वस्थ र पोसिलो खाना खाने (फलफुल र हरियो सागसब्जी प्रशस्त मात्रामा खाने )
-आफ्नो मुख र कृत्रिम दाँतहरु सफा राख्ने
-Human papilloma virus (HPV) को खोप लगाउने
-नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने

करिब ३ करोड जनसंख्या भएको नेपालमा बर्सेनी ५० हजार देखी ७० हजार नयाँ क्यान्सर रोगी हुने देखिएको छ । कुल मृत्यु संख्याको ४२ प्रतिशत नसर्ने रोगबाट हुने गरेकोमा ७ प्रतिशत क्यान्सरबाट हुने गरेको छ ।

National Cancer Registry Of Nepal ले ७ ठुला अस्पतालबाट लिइएको रेर्कड अनुसार पुरुषमा धेरै फोक्सो, मुख र पेटको क्यान्सर हुने र महिलामा पाठेघर ,स्तन र फोक्सोको क्यान्सर हुने देखाउछ ।

नेपालमा क्यान्सर हुने प्रमुख कारणहरु मध्ये माधक पदार्थको सेवन, जनचेतनाको कमी, अस्वस्थ जीवन शैली, गरिबी आदि रहेका छन् । धेरै लाई त मुखको पनि क्यान्सर हुन्छ भनेर थाहानै हुँदैन ।

नेपाल सरकारले प्रत्येक गरिव पिछडिएका क्यान्सर पिडितको उपचार खर्च स्वरुप एक लाख रुपैयाँ मात्र बेहोर्ने गरेको भएतापनि सम्पन्नशालीहरुले पनि गरीव पिछडिएको प्रमाण बनाई यसको सुविधा लिएको तीतो सत्य हामीमा अवगतनै छ ।

दाँत तथा मुखको कुनै पनि रोग छ कि छैन भनेर सुरुवात अवस्थामै थाहा पाउन सके यसको महङ्गो उपचार खर्चबाट बच्न सकिन्छ । प्रत्येक ६/६ महिनामा कम्तिमा १ पटक आफ्नो दाँत तथा मुखको स्वास्थ्य नेपाल मेडिकल काउनसीलबाट सम्बन्धन प्राप्त दन्त रोग बिषेशज्ञ डाक्टरबाट परीक्षण गराउँ र आफ्नो साना साना बाबुनानीलाई पनि उनीहरुको पहिलो जन्मदिन वा १ बर्ष हुँदा देखिन नै दाँत तथा मुखको स्वास्थ्य परीक्षण गर्ने गराउँ ।

दाँत तथा मुखको उपचार आफैमा महङ्गो होइन तर हाम्रो आफ्नै हेलचकराई र लापरबाहीले गर्दा समयमै उपचार नगर्दा महङ्गो खर्च बेहोर्नु पर्ने हुन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.