www.tandavnews.com
Fact ~ In search of truth

एन प्याब्सानकाे वक्तृत्वकला प्रतियोगितामा सुवेदी प्रथम

पोखरा,

नेशल प्याब्सान कास्कीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगितामा मर्निङ ग्लोरी एकेडेमीकी छात्रा वृन्दा सुवेदी प्रथम भएकी छन्।

प्रतियोगितामा वाल प्रतिभा वोर्डिङ स्कूलका छात्र असिम थापा द्धितीय, हेम्जा वोर्डिङ स्कुलकी छात्रा प्रशंसा त्रिपाठी तृतीय र रत्न ज्योति माविकी छात्रा सोनिया अधिकारी सान्त्वना भए।

Batas

प्रतियोगिताको निर्णायकमा नेपाल भाषा शिक्षक परिषदका विक्रम पौडेल र शशी ढुंगाना रहेका थिए।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख कृष्णप्रसाद पौडेल, नेशनल प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोची र नेशनल प्याब्सान प्रदेश नं. ४ का सदस्य युवक लामिछानेले पुरस्कार वितरण गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले विद्यार्थीको व्यक्तित्व विकास गर्नका लागि एन प्याब्सानले महत्वपूर्ण भूमिका खेलेको बताए।

‘एन प्याब्साले विभिन्न समयमा विभिन्न खालका कार्यक्रम गरेर विद्यार्थीको अन्तर निहित प्रतिभा प्रस्फुटन गर्ने काम गरेको छ’, उनले भने,‘ विदार्थीको व्यक्तित्व विकासका लागि गरेका यस्ता गतिविधि सराहनीय रहेको छ।’

एन प्याब्सानका पूर्व केन्द्रीय सदस्य हेमन्त अधिकारीले विद्यार्थीको क्षमता अभिवृद्धि गर्नका लागि यस्ता कार्यक्रम कोषेढुङा सावित हुने बताए।

एन प्याब्सान प्रदेश नं. ४ का सदस्य युवक लामिछानेले विश्व वजारमा विक्ने खालको शिक्षा दिनका लागि एन प्याब्सान लागि पर्ने बताए।

एन प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम उपसमिति सदस्य रमेश न्यौपाने स्वागत र कार्यक्रम संयोजक देविरमण तिवारी ‘अल्पज्ञानी’ ले कार्यक्रम सञ्चालन गरेका थिए।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.