www.tandavnews.com
Fact ~ In search of truth

पर्दा बाहिरका ‘प्याड म्यान’ अश्विन

विनिता सुनार
पोखरा, ताण्डव न्यूज । 

पोखरा बैदाममा जन्मिएका अश्विन कार्की उमेरले भर्खरै १७ टेकेका छन् । उनले गरेको कामले उनलाई आजभोलि धेरैले पोखरामा ‘प्याड म्यान’ भनेर बोलाउँछन् ।

जब कसैले प्याड म्यान’ भनी बोलाउँछन् आफूलाई गर्व महसुुस भएको उनी सुनाउँछन् । ‘प्याड म्यान भनी बोलाउँदा मनबाटै खुसी मिल्छ,’ अश्विन भन्छन्, ‘त्यो शब्द मेरो लागि मैले गरेको कामको सम्मान हो ।’

Batas

अश्विनले ब्यागमा प्याड बोकेर स्कुल–स्कुलमा गई महिनावारीको विषयमा महिलाहरुलाई सावधानी तालिम दिन लागेको पनि झण्डै दुई बर्ष हुन लागेको छ ।

समाजमा अझै पनि छाउपडी प्रथाको अन्त्य हुन सकिराखेको छैन । त्यसैले पनि स्कुल–स्कुलमा गई प्याड बनाउने तरिका र महिनावारीको अभियान अश्विनले सुरु गरेका छन् ।

प्याड म्यान अश्विनको अभियान सुरुवात

युसएको ओब्लाहा स्ट्रटमा रहेको ह्याप्पी ओल्ड फाउण्डेशनले ७० देशहरुमा ग्लोबल एम्बास्टर लिडरसिप खडा गरेको थियो । त्यस अन्र्तगत चुनिएकाहरुले ग्लोबल इसुमा काम गर्नुपर्ने थियो ।

जसमध्ये नेपालबाट १२ जनामा पोखराका अश्विन कार्की पनि पर्ने सफल भएका थिए । त्यो समयमा उनले ‘ट्री प्लान्टेसन’ टपिकमा काम गर्ने सोच बनाएका थिए । तरपनि आफ्नो पढाइ अनुसार त्यो नमिल्ने हुनाले उनले महिला सशक्तिकरणको विषयलाई लिएर काम गर्ने सोच बनाए ।

नेपाली समाजमा भएका विकृति विसंगतिहरुलाई अन्त्य गर्ने उद्देश्यले स्थापना गरिएको आरम्भ फाउण्डेसनमा बिगत डेढ बर्षदेखि अश्विन काम गदै आएका थिए । आरम्भ फाउण्डेसनले बिशेष गरेर ‘स्कुल ड्रप आउट’ सम्बन्धित रहेर काम गरेको थिए । यसैले पनि अश्विनलाई महिला सशक्तिकरणको विषयमा काम गर्न केहि सहज हुने भयो ।

हाम्रो समाजमा महिलाहरुमा देखिएको एउटा जटिल समस्या हो महिनावारी । यसको बारेमा अझै पनि खुलेर एक अर्कासँग कुरा हुँदैन् । महिलाहरुमा महिनावारीको मुख्य समस्या देखेका अश्विनले महिनावारी जनचेनता सम्बन्धी अभियानको सुरुवात गरे ।

अश्विनले अभियान सुरु गरे सँगै आफैले घरमा प्याड बनाउन सिकिने सरल तरिकाको पनि थालनी समेत तयार पारे । सुरुवातमा अश्विन सबैको हासोको पत्र बनेका थिए । कलेजका ट्वाइलेट देखि लिएर गल्ली–गल्लीमा सबैसाथीहरुले अश्विनलाई केटा भएर पनि यस्तो काम गरेको भन्दै खिल्ली उडाउने गर्थे । तरपनि अश्विनले आफूलाई सधै मोटिभेट गरेर अगाडि बढे ।

महिनावारी प्रत्येक महिनामा हुने प्रकिृया भएकाले पनि त्यस समयमा आफूलाई भित्री र बाहिरी पूर्ण रुपमा सफा राख्नुपर्नेमा अश्विनले सबैलाई जोड दिएका छन् । आफूसँगै प्याडको पनि सहि उपयोग गर्नुपर्छ । आफैले घरमा सफा प्याड बनाए प्रयोग गर्न अश्विनले सबैमा आग्रह गरेका छन् ।

फिल्मले पनि हिम्मत बढेको थियो

अक्षय कुमारले अभिनय गरेको चलचित्र ‘प्याड म्यान’ ले पनि अश्विनलाई निकै हौसला मिलेको थियो । महिनावारी भएका महिलाहरुको समस्या साथै सस्तो तरिकाले प्याड बनाउन सकिने एक व्यक्तिको सफलताको कथालाई चलचित्रमा अक्षयकुमारले न्यायपूर्ण भुमिकामा निभाएका छन् ।

चलचित्रमा संघर्ष र सफलतालाई पूर्ण रुपमा देखाइएको छ । चलचित्रबाट आफूलाई धेरै कुराको ज्ञान लिन सजिलो भएको अश्विन बताउँछन । ‘चलचित्रबाट धेरै आइडिया लिएको थिए,’ उनले भने, ‘त्यसैबाट पनि अभियानमा धेरै सजिलो भयो ।’

महिलाको विषयमा महिलाले मात्र बुझेर हुदैन भन्ने अश्विनको भनाई छ । परिवारमा सबैले महिलाको समस्यालाई बुझनु पर्दछ । महिनावारीको बेलामा आफुलाई कसरी सुरक्षित राख्ने र के गर्नुपर्छ भन्ने कुरा धेरैलाई जानकारी नै छैन् ।

धेरै कुरामा हाम्रो समाज आधुनिक भएपनि महिलाहरुको विषयमा भने सधै समस्यामा नै अडिएको समाजमा अश्विनले केहि नयाँ परिवर्तन गर्ने सोच भोकेका छन् ।

अश्विनलाई अहिले परिवारमा पनि सबैको साथ मिलेको छ । सुरुमा अश्विनले गरेको काममा दिदिले पनि साह्रौ लाज मान्ने गर्थिन् । तर अहिले उनी परिवारसँगै बसेर प्याड बनाउँछन् । परिवारहरु पनि उनले गरेको काममा सबैले गर्व गरेका छन् ।

पहिला झिस्काउने साथिहरु पनि अश्विनलाई अभियानमा भरपूर्ण साथ दिन्छन् । बिस्तारै भएपनि सबैको साथ, सहयोग पाएको छु त्यसले प्रोत्साहन मिलेको छ ।

अहिले उनको एउटा पूरै टिममिलेर स्कुल स्कुलमा पुग्दछ । उनले सहरमा मात्र नभएर गाउँहरुमा पनि गएर महिनावारीका विषयमा कुराकानी गरेका छन् । कतिपय किशोरीहरु खुलेर कुरा गरेका छन् भने कतिपय किशोरीहरु लाजले रातोपिरो देखिने उनी बताउँछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.