www.tandavnews.com
Fact ~ In search of truth

रजत पदक विजेता प्याराग्लाइडिङ टिमका खेलाडीलाई गण्डकी सरकारले जनही १/१ लाख दिने

ईश्वर देवकोटा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सरकारले इण्डोनेसियामा सम्पन्न १८ औं एशियाली खेलकूद (एसियाड)मा रजत पदक विजेता प्याराग्लाइडिङ खेलाडी टिमलाई जनही १/१ लाख दिने निर्णय गरेको छ ।

मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को आज बसेको २१ औं बैठकले प्याराग्लाइडिङ टिमका खेलाडी विमल अधिकारी (क्याप्टेन), सुशिल गुरुङ, विशाल थापा, युकेश गुरुङ, विजय गौतमलाई जनही १/१ लाख पुरस्कार उपलब्ध गराउने निर्णय गरेकाे हो । त्यसैगरी खेलाडी प्रशिक्षक योगश भट्टराई, सहायक प्रशिक्षक सानोबाबु सुनुवार र व्यवस्थापक शैलेन्द्र रावतलाई जनही २५/२५ हजार पुरस्कार प्रदान गरिने भौतिक पूर्वाधार विकास मन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

Batas

एशियाडमा ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो । इण्डोनेसियामा सम्पन्न १८ औं संस्करणको एशियाड अन्तर्गत प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो । पदक विजेता खेलाडीलाई मंगलबार पोखरामा विमानस्थलबाट नै बाजागाजा सहित नगर परिक्रमा गराइएको थियो ।

यस अघि सन् १९९८ मा थाइल्याण्डको बैंककमा भएको एशियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् ।

याे पनि हेर्नहाेस् । 

९ फोटोमा हेर्नुहोस् ! बीस वर्षपछि रजत भित्र्याएका शानहरुलाई पोखराको स्वागत

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.