www.tandavnews.com
Fact ~ In search of truth

खोला बगरमा गाउँपालिका कार्यालय निर्माण तयारी, स्थानीयको विरोध

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

गाउँपालिकाको केन्द्र सार्ने बिवादले पर्वतको दक्षिणमा रहेको पैयूँ गाउँपालिकामा आनिश्चितकालिन बन्द भएको छ । जनप्रतिनिधिहरुले स्थानीयले उपलब्ध गराएको जग्गामा गाउँपालिकाको भवन निर्माण नगरी आपूmखुसी अर्को ठाउँमा निर्माण गर्ने तयारी गरेको भन्दै स्थानीय नागरिकले शनिबारदेखि बन्द आह्वान गरेका हुन् ।

स्थानीय नागरिकले गाउँपालिको केन्द्र निर्माणको लागि भन्दै गएको असार १३ गते हातेमालोचोक नजिक खेती गरिरहेको १२ रोपनी जग्गा गाउँपालिकाको नाममा पास गरिदिएका थिए । बन्दको नेतृत्व गरिरहेका यूवा दिपक भण्डारीका अनुसार हातेमालोचोकमा भवन निर्माण गर्दा सबै वडालाई पायक पर्ने भन्दै जग्गा उपलब्ध गराइएको थियो । तर जनप्रतिनिधिहरुले भने त्यो जग्गा छोडेर हातेमालोचोक बजार भन्दा केही दक्षिणमा पर्ने सेती खोलाको बगर नजिकै बनाउने तयारी गरेका छन् ।

Batas

आन्दोलनमा उत्रीएका स्थानीयले भने गाउँपालिकाले भवन निर्माण तयारी गरेको ठाउँ सबैलाई अपायक पर्ने भन्दै बिरोध गरेका छन् । त्यसबाहेक बनाउन लागिएको भवन खोलाको पारीपट्टीको भागमा पर्ने भएकोले आवातजावतका लागि खोलामा पुल निर्माण गर्नैपर्ने बाध्यताले धेरै खर्च हुने बताएका छन् ।

‘बजारभन्दा टाढा लगेर बनाउँदा केन्द्र सबैलाई अपायक हुन्छ ।’ भण्डारीले भने, ‘खोला पारी बनाउँदा पुल बनाउनै पर्छ, अनि अनावश्यक ठाउँमा पुल बनाउँदा पालिकालाई आर्थिक भार पनि त थपिन्छ, पुल बनाउने पैसाले गाउँपालिकमै अरु राम्रा काम गर्न सकिन्छ ।’

गाउँपालिकाको केन्द्र कहाँ सार्ने भन्ने विषयमा केही दिनदेखि उठेको विषयले ठुलो रुप लिएको कारण अनिश्चितकालीन गाउँपालिका बन्द आह्वान गर्न बाध्य हुनुपरेको पैयूँ बजार व्यवस्थापन समितिका अध्यक्ष किसन श्रेष्ठले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.