www.tandavnews.com
Fact ~ In search of truth

पाकिस्तानी प्रधानमन्त्री र अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता

काठमाडौँ(रासस)

नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

अब्बासी बस्नुभएको होटेल हायातमा आज बिहान नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा उहाँहरुबीच छलफल भएको छ ।

Batas

भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा आफूहरुबीच छलफल भएको बताउनुभयो ।

करिब ४५ मिनेट भएको भेटवार्तामा आर्थिक एवं व्यापारका विषयलाई सुदृढ गरेर लैजाने विषयमा विचारविमर्श भएको उहाँले जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्डले दुईपक्षीय एवं बहुपक्षीय विषयमा छलफल हुँदा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील बनाउन सबै सदस्य राष्ट्रले पहल गर्नुपर्नेमा जोड दिइएको बताउनुभयो ।

सार्कको विषयमा ठोस छलफल नभएको भन्दै उहाँले सार्क शिखर सम्मेलनलाई अगाडि बढाउने सन्दर्भमा पाकिस्तानले निरन्तर पहल गरिरहेको पाकिस्तानी प्रधानमन्त्रीले बताउनुभएको जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा तथा जोखबहादुर महराको सहभागिता थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.