www.tandavnews.com
Fact ~ In search of truth

घुस लिने ३ सरकारी कर्मचारी पक्राउ

पोखरा,
ताण्डव न्यूज

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले दुई दिनमा तीन जना सरकारी कर्मचारीलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मालपोत कास्कीका अधिकृत खेमनारायण पौडेल, खरिदार सञ्जय शर्मा र उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा रहेका छन् । थापा पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा बुधबार बिहान ८ः ४५ बजे कार्यालयबाटै पक्राउ परेका हुन् ।

Batas

ठगी मुद्धा पुनरावेदन नगर्ने भन्दै घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग कार्यालयले पक्राउ गरेको हो । मंगलबार अधिकृत र खरिदार ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

उनीहरुले साँझ ५ बजेतिर जग्गा धितोबन्धक राख्न आएका सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका हुन् । तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको अख्तियार कार्यालय पोखराका प्रवक्ता रमेश ढकालले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.