www.tandavnews.com
Fact ~ In search of truth

हल्लनचोकमा ‘प्यालेट डिसर्ट क्याफे’ सञ्चालन

पोखरा ।

पोखराको हल्लनचोकमा प्यालेट डिजर्ट क्याफे सञ्चालनमा आएको छ ।

कफी र बेकरीका सामान उत्पादन तथा बिक्री गर्ने उद्येश्यले क्याफे सञ्चालनमा ल्याएको सञ्चालक अमित गुरुङले वताए ।

Batas

गुरुङका अनुसार आफुले मकाउमा सिकेको सीपलाई सदुपयोग गरी आफ्नै भुमिमा बेकरीका सामानहरु निर्माण गरी बिक्री गर्ने उद्येश्यले क्याफे सञ्चालनमा ल्याएको वताए ।

मकाउमा ५ वर्ष सम्म बेकरीमा काम गरेको अनुभव रहेको र क्याफेमा उत्पादित बेकरीका सामानहरुलाई स्वदेशमा मात्र नभइ बिदेशमा पनि बिक्री वितरण गरिने गुरुङले वताए ।

क्याफेमा होम मेड पेस्टिज, होम मेड आइसक्रिम, कफी र विभिन्न प्रकारका केकहरु उत्पादन गरिने अर्का सञ्चालक जगदिश गुरुङले वताए ।

९० लाखको लागतमा सञ्चालनमा आएको क्याफेमा अमित गुरुङ, जगदीश गुरुङ र शुस्मा गुरुङको लगानी रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.