www.tandavnews.com
Fact ~ In search of truth

९ तस्बिरमा हेर्नुहोस् ! पालिखेले आफ्नै खर्चमा भत्काए घर

पोखरा
ताण्डव न्यूज ।

व्यस्त बजार पालिखे चोकमा रहेको एक घर भत्काइएको छ । घर जग्गा धनी प्रदीप शंकर पालिखेले आफ्नो घर भत्काएका हुन् ।  साविकको कित्ता नं ८५७ हाल १ मा रहेको ३३.८० वर्ग मिटर क्षेत्रफलमा बनेको संरचना पालिखेले आज शनिबार आफ्नै खर्चमा भत्काए ।

Batas

उनले जग्गा बापत ४० लाख ५६ हजार र घरको क्षतिपुर्ति बापत ४ लाख ६ हजार ८ सय ९१ गरि कुल जम्मा ४४ लाख ६२ हजार ८ सय ९१ मुआब्जा पोखरा महानगरबाट प्राप्त गरेका छन् ।

केहि साताअघि बसन्त उदासको घर भत्काउन महानगरले आफ्नै खर्चमा डोजर चलाएको थियो ।

तर, पालिखेले मुआब्जा बुझेसँगै आफ्नै खर्चमा ६ जना ज्यामी लगाएर घर भत्काउन सुरु गरेका छन् ।

यो पनि

पालिखे चोकमा चल्यो डोजर… (फोटो फिचर)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.