www.tandavnews.com
Fact ~ In search of truth

प्रचार गर्दै ‘पञ्चेबाजा’ पोखरामा

पोखरा

ताण्डव संवाददाता ।

‘पञ्चेबाजा’ का निर्देशक घनश्याम लामिछानेले फिल्म फरक विषयवस्तुमा बनेको बताएका छन् ।  ‘हरेक फिल्म फरक विषयवस्तुका हुन्छन्,’ उनले भने, ‘तर, पञ्चेबाजा फिल्म साँच्चीकै फरक छ ।’ फागुन ११ देखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारमा पोखराका आएका लामिछानेले धेरै अनुभवी कलाकारको अभिनय भएको हुनाले फिल्म उत्कृष्ट बनेको दाबी गरे ।

Batas

कास्कीको हरिपाउँ गाउँमा सुटिङ भएको चलचित्रमा सपना पूरा गर्न हिडेको युवाको कथा बोकेको उनले सुनाए । ‘युवाहरुको आ आफ्नो उद्देश्य हुन्छ,’ उनले भने, ‘हरेक पात्रले बोकेको कथा आफैमा उत्कृष्ट छ ।’

लामिछानेले फिल्मको मुख्य द्धन्द्ध माया भएको बताए । ‘माया बीचको द्धन्द्ध कसरी हुन्छ त्यसलाई फरक तरिकाबाट देखाउन खोजिएको छ,’ उनले थपे, ‘थ्रिलर, सस्पेन्स कथा छ । अन्तिमसम्म के होला भनेर कौतुहलता सिर्जना गर्छ ।’

यसअघि धौली र अग्नीदहन निर्देशन गरेका लामिछानेले मिहनतका साथ काम गरेको सुनाए । लामिछानेले फिल्ममा गेस्ट रोल निर्वाह गरेको खुलाए ।

फिल्मका निर्माता राजेश शाहीले एक करोड खर्च गरेर निर्माण गरेका हुन् । फिल्म मौफसलका ८२ सिनेमा हलमा लाग्ने वितरक केदार पराजुलीले बताए ।

न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा समावेश लोकलय गीत ‘घिनघिन मादल’ अहिले चर्चामा छ । फिल्ममा सौगात मल्ल, जस्मिन श्रेष्ठ, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी अभिनय छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.