www.tandavnews.com
Fact ~ In search of truth

अस्कर अवार्डका लागि नेपाली चलचित्र ‘पञ्चायत’ छनोट

पोखरा,
ताण्डव न्यूज ।

चलचित्र ‘पञ्चायत’अस्कर अवार्डको लागि छनाेट भएकाे छ । एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसकाे अायाेजनामा हरेक वर्ष अस्कर अवार्डको  ९१ अाै‌ श्रृङ्खलाका लागि छनाेट भएकाे छ ।

अस्कर अवार्डका निम्ति नेपालबाट चलचित्र छनोट गर्न समिति नै गठन गरिएको छ । छनोट समितिमा संयोजक विमल पौडेल रहेका छन् भने सदस्यहरुमा राजेन्द्र शलभ, सामिप्यराज तिमिल्सिना, चिरञ्जीवी गुरागार्इं ,लक्ष्मीनाथशर्मा, लोकेन्द्र पराजुली र प्रदिपकुमार उपाध्याय रहेका छन् ।

Batas

अवार्डमा सहभागी हुनका लागि भने ‘तान्द्रो, पञ्चायत र माइलभ’ दर्ता भएका थिए । तर ‘तान्द्रो र माइ लभलाई पछि पार्दै चलचित्र पञ्चायत छनोट भएको हो ।

छनोटमा परेका तीनै चलचित्रहरुको एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरु रहेका थिए । तर प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरुको भावानात्मक विश्लेषण लगायतका आधारमा भने शिवम् अधिकारीले निर्देशन गरेको चलचित्र ‘पञ्चायत’ लाई छनोट गरिएको हो ।

अस्कर अर्वाडमा विदेशीभाषी सर्वोत्कृष्ट चलचित्रको विधामा प्रतिस्पर्धा हुने गर्दछ ।  नेपाली चलचित्र ‘पञ्चायत’ ५० वर्ष पुरानो कथामा निर्माण भएको चलचित्र हो ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.