www.tandavnews.com
Fact ~ In search of truth

‘सिता’ बेपत्ता पार्ने मनबहादुर र मेकराज विरुद्ध मुद्दा दर्ता

संजय रेग्मी
फागुन, पर्वत ।

बिवाह गर्छु भन्दै लगेकाे प्रेमीकालाई बेपत्ता पार्ने पर्वतका एक यूवकलाई प्रहरीले घट्ना भएको ४ बर्षपछि मुद्धा दर्ता गरेको छ । हाल भारतीय सेनामा कार्यरत पर्वतको थापाठाना घर भएका मिलन भनिने मनबहादुर क्षेत्री र उनका साथी मेकराज श्रेष्ठका बिरुद्ध प्रहरीले चेलीबेटी बेचबिखन तथा ओसारप्रसार कसुरमा मुद्दा दर्ता गरेको हो ।

मिलनले बिबाह गर्छु भनेकाले प्रेमीको बिश्वासमा हिँडेकी पर्वतकै फलेवास नगरपालिका ९ भंगाराकी सिता क्षेत्रीलाई बेपत्ता बनाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले क्षेत्रीका बिरुद्ध मुद्दा दर्ता गरेको हो । प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार अनुसन्धानका क्रममा क्षेत्रीको भूमिका शंकास्पद भेटेपछि मुद्दा गरिएको हो । ‘अभियुक्तलाई भारतबाट इन्टरपोल मार्फत डिर्पोट गरेर ल्याउने र थप अनुसन्धान अगाडी बढाउने गरी हामी लागिरहेका छौँ ।’ उनले भने ।

Batas

सितालाई २०७१ भदौ १५ गते प्रेमी मनबहादुर क्षेत्रीले बिबाह गर्छु भनेर लगेपछि बेपत्ता पारेको परिवारले दाबी गर्दै आएको छ । भारतीय सेनाको ३/४ गोर्खा राइफल्समा कार्यरत मिलन त्यसपछि पल्टनमा हाजिर हुन गएका थिए । त्यस लगत्तै उनले अर्को बिबाह गरेको र त्यसपछि नेपाल नफर्केको सिताको काका होबहादुर पौडेल क्षेत्रीले बताए ।

०७१ भदौ १५ गते प्रेमी मनबहादुरसंग बिवाह गर्न लागेकोले आँपूm घर छोडेर हिँडेको जानकारी गराउँदै घरमा पत्र छोडेकी थिइन् । त्यसयता प्रेमी मनबहादुरले सितालाई भेटेको नै छैन भनेर बयान दिदै आएका छन भने सितालाई भगाउन घरमा मिलन संगै गएका उनका साथी मेकराज श्रेष्ठले सोही दिन दुई जनालाई नै कार्किनेटा र थापाठानाको सिमानामा छाडेको बयान दिईसकेका छन् ।

घरबाट राती लिएर हिडेका प्रेमी मिलनले भारतमा बिक्री गरेको वा हत्या नै गरेको हुन सक्ने आशंका पिडीतका परिवारले गरेका छन् ।

४ बर्षसम्म पनि सिताको बिषयमा मुद्धा दर्ता नभएपछि पर्वतबाट प्रतिनिधि सभाका सांसद पद्म गिरीले प्रतिनिधि सभाको बैठकमै सिताको खोजी किन नभएको ? भनी प्रश्न गरेका थिए । चार बर्ष सम्म पनि खोजबिन हुन नसेको भन्दै आफन्तले असन्तुष्टि जनाउँदै बेपत्ता के.सी.को खोजविनमा प्रहरीले कमजोरी गरेको आरोप लगाउँदै आएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.