www.tandavnews.com
Fact ~ In search of truth

कास्कीकाे आर्वामा निःशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न

शिविरमा ३०७ पशुकाे स्वास्थ्य जाँच गराइयाे

पोखरा
ताण्डव न्यूज ।

युवालाई व्यवसायिक पशुपालनमा आकर्षित गर्ने र पशु स्वास्थ्यको बारेमा जानकारी दिने लक्ष्य सहित पोखराको आर्वामा ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम प्रदान गरिएको छ । पोखरा ३३ मा सञ्चालन भएको उक्त शिविर बाघमारा र भरतपोखरी गरी दुई स्थानमा सञ्चालन भएको थियो । शिविरमा स्थानीयले ३०७ पशुहरुको निःशूल्क उपचार गराए ।

परिवर्तनका लागि सहयोग भन्ने मूल नाराका साथ पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको आयोजना र पोखरा महानगरपालिका वडा नं। ३३ को सहयोगमा उक्त शिविर आयोजना गरिएको हो । वडा अध्यक्ष शिव प्रसाद आचार्यले यस खाले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न जनप्रतिनिधिहरुको साथ र सहयोग सधै रहने बताए । कार्यक्रममा वडा सदस्य दिपक लामिछाने, पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका कार्यकारी निर्देशक डा.विदुर पाख्रीन, डा.निरन अधिकारी, डा. स्वेता घिमिरे, कार्यसमितिका सदस्य भरत अधिकारी उपस्थित भई सेवा प्रदान गरेका थिए ।

Batas

पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका कार्यकारी निर्देशक डा विदुर पाख्रीनले ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चलानले धेरै स्थानीय समुदायका किसानहरुलाई फाइदा पुगेको बताए । त्यस्तै स्थानीयहरुले यस्ता शिविरले आफूहरुलाई धेरै सजिलो भएको बताए ।

पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका तालिम संयोजक भरत पोखरेलले वर्षमा ३ पटक सम्म ४÷४ महिनाको अन्तरमा पशुहरुलाई परीक्षण गरी औषधी खुवाउन पनि किसानहरुलाई सिकाएको बताए ।
उक्त शिविर ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिमका सहभागिहरुले समेत सहयोग गरेको तालीमका संयोजक पोखरेलले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.