माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।
पोखरा १४मा मापदण्ड विपरीत सञ्चालन गरिएको क्रसर उद्योगमा अन्ततः प्रदेश सरकारले बन्द गरिदिएको छ । प्रदेश सरकारले मापदण्ड विपरित क्रसर सञ्चालन गरिएको ठहर्दै तालाबन्दी गरिदिएको हो ।
खानी तथा क्रसर उद्योग सञ्चालन मापदण्डको धज्जी उडाउँदै सेती किनारमा उक्त क्रसर सञ्चालन भइरहेको थियो ।
मापदण्डमात्रै होइन, जग्गा सम्याउन डोजर चलाउने अनुमति लिएर निर्वाध क्रसर नै चलाइएको थियो । प्रदेश अनुगमन समितिको निर्देशनमा जिल्ला प्रहरी कार्यालय कास्कीले क्रसरमा तालाबन्दी गरेको ।
ताण्डव फलोअप
डोजरकाे अनुमति लिएर क्रसर चलाउँदा पनि चुपचाप छ महानगर
कानुनको धज्जी उडाउदै पोखरा १४मा क्रसर (भिडियो सहित)
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.