www.tandavnews.com
Fact ~ In search of truth

पोखराका अटेरी प्याराग्लाइडिङ कम्पनी बन्द

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरलाई तिर्नुपर्ने कर नतिरेपछि पोखराको आकाशमा प्याराग्लाइडिङ उडान भर्दै आइरहेका दुई कम्पनी बन्द भएका छन् ।

पोखरा महानगरले पटक पटक कर तिर्नका लागि म्याद थप गरेपनि अटेर गर्ने एड्भान्स प्याराग्लाइडिङ कम्पनी र गोल्डेन हेभन प्याराग्लाइडिङ कम्पनी बन्द गरिएको पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुबेदीले जानकारी दिए ।

Batas

‘अति नै पेल्न थालेपछि महानगरले ति कम्पनीलाई बन्द गरेको हो,’ सुबेदीले भने, ‘म्याद पनि उनीहरुले भने अनुसारकै थपेकै हो तर पनि टेरेनन र बन्द नै गर्ने स्थितीमा पुग्यौँ । अरु पनि अटेर गर्ने कम्पनीहरु बन्द हुन्छन् ।’ पोखरामा हाल ४० वटा कम्पनीले ब्यवसायिक उडान भर्दै आइरहेका छन् । ३५ वटा कम्पनीले नविकरण गरेको महानगरले जनाएको छ ।

प्रत्येक कम्पनीले वार्षिक रुपमा करबापत एक लाख २५ हजार रुपैयाँ पर्यटन वापत कर तिर्नुपर्नेहुन्छ । एक लाख २५ हजार रुपैयाँ मध्ये २५ हजार महानगरलाई र एक लाख प्रदेश सरकारले तोकेको पर्यटन शूल्क शिर्षकको हो । सो रकम वडा कार्यालयले वा पोखरा महानगरपालिका जहाँ बुझाएपनि हुने उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७२–०७३ र २०७३–०७४ मा प्रत्येक कम्पनीले नेपाल सरकारलाई कर बापत जम्मा पाँचहजार पाँचसय रुपैयाँमात्र बुझाउँथे । पछि बढेर आर्थिक वर्ष २०७४–०७५ मा बढेर वार्षिक कर ५० हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा बढेर प्रदेश सरकारले पर्यटन शूल्क शिर्षकमा एकमुष्ट एक लाख २५ हजार रुपैँया बुझाउनुपर्ने नीति ल्याएको हो ।

पोखराको आकाशमा प्याराग्लाइडिङ उडानको लागि भने नेपाल नागरिक उड्ययन प्राधिकरण पोखरामा दर्ता हुने कम्पनीको संख्या ६० कटेको छ ।

यो मध्ये पनि ५६ वटाले पोखरा महानगरपालिकाबाट पनि स्वीकृत लिएका छन । महानगरपालिकाबाट स्वीकृत लिने मध्यपनि ४० वटा कम्पनीका प्याराग्लाइडिङ मात्रै पोखराको आकाशमा ब्यवसायिक उँडान भरिरहेका छन् ।

पोखरामा सरकाङ्कोटसँगै तोरीपानी र मान्द्रे ढुंगाबाट प्याराग्लाइडिङको ब्यवसायिक उडान भर्दै आइरहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.