www.tandavnews.com
Fact ~ In search of truth

स्थानिय तहले एक वर्ष पार गरेको अवसरमा केक काटेर हर्ष बढाई

पोखरा
ताण्डव न्यूज ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको वर्ष दिन पुगेको अवसरमा पोखरा लेखनाथ महानगरपालिका–१७, वडाले हर्ष बढाई गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद कृष्ण थापाले केक काटेर कार्यक्रमको उद्घाटन गरे । वडाकी कार्यवहाक अध्यक्ष राधिका साई योगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद थापालाई सम्मान समेत गरिएको छ ।

Batas

साथै, एक वर्ष सम्म वडामा भएको आय व्यय विवरण सार्वजनिक समेत गरिएको जनाईएको छ ।

कार्यक्रममा वडाका झण्डैं ४१ वटा टोल सुधार समितिबाट प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

टोल सुधार समितिलाई सांसद थापाले २÷२ वटा डस्बिन वितरण गरे । कार्यक्रममा आमा समूह लगायत अन्य सरोकारवाला नागरिकहरुको सहभागिता थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.