www.tandavnews.com
Fact ~ In search of truth

असार १५ : पाेखरा २१मा रोपाई महोत्सबको तयारी पुरा

पोखरा।

कृषि सञ्जाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ को आयोजनामा रोपाई महोत्सव हुने भएकाे छ ।  असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा प्रथम असारे रोपाई महोत्सवको अायाेजना गरिएकाे हाे ।

‘कृषिमा प्राथमिकता वडा नं. २१ लाई कृषिमा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना हुने प्रथम रोपाईं महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिीका संयोजक उमानाथ सुबेदीले बताए ।

Batas

उक्त महोत्सवमा स्वदेशी तथा बिदेशी पर्यटक समेत गरी करिब १५०० पर्यटकहरु हिलोमा रमाउने छन । पोखरा महानगरपालिकाको प्रवद्र्धनमा आयोजना हुन लागेको उक्त महोत्सवमा स्थानिय कला संस्कृतीको प्रर्दबनका साथै बिभिन्न मनोरञ्जनात्मक प्रतियोगिता समेत आयोजना हुने संयोजक सुबेदीले बताए ।

महोत्सवको अवसरमा आमा समूहहरुबीच असारे गीत तथा रोपाईं प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिले दौड प्रतियोगिता जेष्ठ नागरिक हिले दौड प्रतियोगिता हुने भएको छ ।

महोत्सवमा उत्कृष्ट २ जना धान कृषकलाई सम्मान गरिनुका साथै ख्याती प्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुती समेत रहने उनले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.