www.tandavnews.com
Fact ~ In search of truth

‘पाँच मिनेटमा सेवा दिने सिस्टम लागु गरेका छौं’

पाेखरा
ताण्डव न्यूज ।

वडा अध्यक्षको दिन कसरी गुज्रीरहेको छ ?

हाम्रो नियमित काम भनेको वडाको काम गर्ने, कार्यक्रमहरुमा जाने, विकास निर्माणका कामको योजना तयार गर्ने हो ।

Batas

वडा नं ३३ ले सेवाग्राहीलाई कसरी सेवा दिँदै आएको छ ?

हाम्रो वडाले अहिले ५ मिनेटमा सेवा प्रदान गर्ने स्टिम लागु गरेका छौ । कुनै पनि सेवाग्राहीले डकुमेन्ट लिएर वडामा आइसकेपछि ५ मिनेटमा काम सम्पन्न गर्ने सेवालाई प्रभावित गरिएको छ ।

जनप्रतिनिधिको रुपमा निर्वाचित हुनुभएको यत्तिका समय भैसक्यो । ३३ नं वडाको विकासका लागि के–के गर्नुभयो ?

विकासका निर्माणका कामहरु खानेपानीको काम सकिएको छ । पूर्वाधारमा बाटोका कामहरु धमाधम भइराखेको छ । सामाजिक विकास तर्फ पर्यटन र महिला उद्यमशिलताका कार्यक्रमहरु भइराखेका छन् । त्यससँगै वडामा केही हँुदैछ भन्ने हिसाबमै काम तीव्र गतिमा निर्माणका कामहरु बढिरहेको छ । यस्तै पर्यावरणका हिसाबमा हामीले निर्माण गरेको बाटोमा वृक्षारोपण पनि गरेका छौ ।

खासगरी वडामा भएको १४ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयलाई राम्रो शिक्षा दिनका लागि बालमैत्री अध्यापन प्रणाली विकास गर्नका लागि आन्तरिक तथा बाह्रय दुवै तर्फबाट कामहरु अघि बढेको छ । हामीले खानेपानी निर्माणका लागि दुईवटा ठूला–ठूला कार्यक्रमहरु सम्पन्न गरिएको छ । यसबाहेक ३३÷३४ वटा मझौला खानेपानी योजनालाई पनि अघि बढाएका छौ ।

अहिले हामीले स्व.रवीन्द्र अधिकारीले सुरु गर्नुभएको मोटरेबल पुल र झोलुंगे पुल निर्माणमा बाधा अवरोध आएकाले त्यसको लागि वडाले संघ देखि केन्द्रसम्म घच्घचाएको छ । अहिले खासगरी चवादी भन्ने ठाउँमा मोटरेबल पुल बन्दैछ । अन्य ठाउँहरुमा पनि मोटरेबल पुल बन्ने प्रक्रियामा छन् । चमेरे घाट र बाच्छेकुवामा पनि मोटरेबल पुल निर्माण हुँदैछ ।

घोषणापत्रमा दिएअनुसार के–के कामहरु गर्नुभएको छ त ?

मैले घोषणापत्रमा दिएको योजनालाई नै अगाडि राखेर अहिलेको विकास निर्माणका योजनाहरु तयार गरेको छु । त्यसकारण घोषणापत्रमा दिएअनुसार हालसम्म ६६ प्रतिशत काम सम्पन्न भएको छ । हामी सुरुदेखि नै प्रत्येक घरघरमा पानीको धारा भन्ने अभियानमा थियौ । खानेपानीको धारा पु¥याउने गरे बजेट विनियोजन गरिएको छ ।

अबको १ डेढ बर्षमा त्यो अभियान पूरा हुनेछ । ३३ वटामा रहेको लगभग बाटोहरु निर्माण भइसकेका छन् । सिँचाइका कामहरु पनि तीव्र गतिमा अगाडि बढेका छन् । तीन बर्षको बजेट कायोन्वयन गर्दा घोषणापत्रमा बनेका कामहरु सम्पन्न हुन्छ । अबको ठीक एक बर्षमा प्रत्येक घरमा पानीको धारा र मोटरबाटो निर्माण भन्ने कार्यक्रम सम्पन्न गर्छाै ।

वडामा युवा, बालबालिका तथा महिला लक्षित कस्ता–कस्ता कार्यक्रमहरु गर्ने तपाइको योजना रहेको छ ?

त्यसबिषयमा वडामा थुप्रै कार्यक्रमहरु भइरहेका छन् । यो बर्षमा मात्र महिलालाई उद्यमशिलता विकास गर्नका लागि हामीले ४ वटा कार्यक्रमहरु आयोजना गरेका थियौ, जसमा ५० वटा खाद्य मेशिनहरु उपलब्ध गराएका थियौ । यससँगै क्रिष्टल तालिम, सिलाई बुनाई तालिम र अन्य सिपसँग जोडिएका तालिम, कृषि उत्पादनसँग जोडिएको तालिमहरु, पशुपालनसँग जोडिएका तालिमहरुको समेत आयोजना गराएका थियौ ।

युवालाई सचेतना विकास गर्नका लागि विभिन्न ढगंका गतिविधिहरु सञ्चालन गरिएको थियो । अबको योजनामा ७ वटा खेलकुद मैदान बनाउने अभियान छ, त्यसमध्ये तीनवटा मैदानहरु खेल खेल्ने अवस्थामा विकास भएका छन भने अरु विकासका क्रममा छन् । अहिले बालबालिका तर्फ पनि वडाको ध्यान गइराखेको छ । त्यसकारण स्व.रवीन्द्र स्मृति गुफा सित्लाङ बन्ने गुफाको विकास कार्यमा छौ ।

त्यो गुफाको आम्दानी गरीब तथा जेहेन्दार विद्यार्थी भाईबहिनीको लागि पढ्नका लागि योजना बनाएका छौ । जसले गर्दा स्व.रवीन्द्र अधिकारीको नाम सदाका निम्ति नयाँ पुस्ताले बुझिराख्न मद्दत हुनेछ । अन्यमा चल्ला वितरण, घरघरमा टरेला बनाउने घरमा प्लाष्टिक निशुल्क दिने अभियान सगसँगै बाख्रा र कुखुराको पकेट एरियाको रुपमा हाम्रो वडालाई विकास गरेका छौं ।

कृषि क्षेत्रमा वडाले कसरी सेवा उपलब्ध गराएको छ ?

वडाले अहिले सबैभन्दा राम्रो गर्न खोजेकोमा कृषिलाई आधुनिक गर्ने र त्यही कृषिको आधुनिकीकरणसँगै पर्यटनलाई जोड्ने योजनामा काम गरेका छौ । हामीले सम्भाबित भएका ठाउँहरुमा यो बर्षमा मात्र ४ बटा डिप बोरिङ, लिफ्टिङ सिँचाइ गरेका छौ ।

महानगरपालिका भएपनि वडा तुलानात्मक रुपमा विकसित देखिदैन नि ?

महानगरपालिका भएपनि १÷२ बर्षमा नै सबै विकसित हुने भन्ने कुरा सम्भव हुँदैन । त्यसमा पनि पालिकाका पूर्वाधार विकासहरु पर्ने खानेपानी, सडकबाटो, पढनपाठन योग्य विद्यालय, स्वास्थ्य चौकी र पर्यावरणयुक्त वातावरणका ढंगमा हामीले विकास गर्नुपर्छ । हाम्रो महानगरपालिका भएकै २ बर्ष पनि भएको छैन । त्यसकारण महानगरपालिका भएकै हिसाबले अब बनेका योजनाहरु गुणस्तरीय स्तरमा, मापदण्डमाको स्तरमा बन्नेछ ।

पर्यटन प्रबन्धका निम्ति वडाले कसरी काम गरेको छ ?

पर्यटन प्रबन्धका निम्ति विभिन्न ठाउँहरुमा रहेका मन्दिरको विकास निर्माण, सामुदायिक भवनको निर्माणहरु भइरहेका छन् । तत्काल कुनै कुराको परिणाम खोज्नु यति धेरै सार्दभिक कुरा होइन । मानव सभ्यता र विकास निर्माण गर्नका लागि विभिन्न ढंगका चरणहरु हुन्छन् ।

त्यसैले कृषि र पर्यटनलाई मध्येनजर गर्र्दै वडाले काम अगाडि बढाएको छ । मध्येनजर राखेर काम गरिरहँदा सबैभन्दा महात्वपूर्ण पूर्वाधार बनेको बाटो र खानेपानि हो । त्यसकारण खानेपानी र सर्वसुलभ बाटोको निर्माण नगरिन्जेल सम्म हामी पर्यटन र कृषिलाई मुखले भनेको भरमा विकास गर्न सक्दैनौ ।

स्थानीयहरुलाई के भन्न चाहनुुहुन्छ ?

जनप्रतिनिधिको रुपमा जसरी काम गरिएको छ, त्यसमा वडाबासीहरुको एकदम ठूलो उत्साह छ । महानगरपालिकाका सबै वडामध्ये हाम्रो वडाबासीहरु यो कुरामा धेरै गौरवमान छन् । किनकी पूर्वमान्य रवीन्द्र अधिकारी र म एउटै गाउँको भएको कारणले पनि स्थानीय धेरै खुसी हुनुहन्छ । विभिन्न ढंगका विकास निर्माणका योजनाहरुको नेतृत्व गर्दै यहाँ सम्म आएका छौ । त्यसकारण विकास निर्माणमा अग्रसर भएर लागिरहन वडावासीहरुबाट उर्जा मिलिरहेको छ ।

अबको तीन बर्षमा वडालाई कुन स्तरमा देख्न सकिन्छ ?

अबको तीन बर्षमा नमुना वडाका पूर्वाधारमा विद्यालय, वातावरण, सार्वजनिक स्थलहरु कसरी संरचना गर्ने सँगसँगै मानिसको जनचेतना कसरी विकास गर्ने, आम्दानीको स्रोत कसरी व्यवस्थापन गर्ने र मानिसको सोच भित्रको खुसी कस्तो तरिकाको हुनुपर्ने भन्ने कुरामा हाम्रो छलफल चलिरहेको छ ।

प्रस्तुति : बिनिता सुनार/ताण्डव न्युज

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.