www.tandavnews.com
Fact ~ In search of truth

‘वडालाई भ्रष्टाचार मुक्त बनाउने योजना छ’

पाेखरा
ताण्डव न्यूज ।

१) अध्यक्ष ज्यूको दैनिकी कसरि गुज्ररहेको छ ?

दैनिकी जनताकै काममा बितिरहेको छ । अहिले विकास निर्माणका कामहरु पनि सकिएका छन् । अहिले दोकान तथा व्यवसायहरु दर्ता गर्नुपर्ने भएकाले त्यहि काममा खटिएका छौ । सरकारले प्यानमा दर्ता गर्नुपर्ने घोषणा गरेपछि वडामा धेरै भीडभाड देखिएको छ ।

Batas

२) हाल कुन–कुन योजनामा व्यस्त हुनुहुन्छ ?

योजना को कुरा गर्दा, हाम्रो वडाका योजनाहरु लगभग सबै सकिएका छन् । त्यसमा महानगरको टेण्डर अनुसार पुल विकास निर्माण योजनाका कामहरु गर्न बाँकी छ । अब त्यही काम बाट सुरुवात गर्ने हो ।

३) घोषणापत्रमा दिएअनुसार वडामा के के काम गर्नुभयो ?

घोषणापत्रमा दिएअनुसारको काममा हामीले विकास निर्माण, सामाजिक क्षेत्रका काम, कानुन सचेतना सम्बन्धि विभिन्न तालिमहरु सम्पन्न गरेका छौँ ।हाम्रो वडा फराकिलो भएकाले तीन क्षेत्रमा छुट्टाएर आमा समूहहरुलाई सचेनामूलक तालिमहरु पनि उपलब्ध गराएका थियौँ।

अरु विकास निर्माणका कामहरुमा शान्तिनगर चोकदेखि बुलौदीसम्म डिभाइडरमा धुपी रोपेर हारीयाली शहर बनाउने लक्ष्य पुरा गरेका छौँ । यहि चोक वरपर पुराना ढाँचाकाचौताराहरुको निर्माण समेत पुरा गरिएको छ । त्यस्तैनिरन्तर सरसफाइ कार्यक्रम, वृक्षरोपण, सडक निर्माणसँगै कानुन सचेतनाका कार्यक्रमहरु पनि गरि राखेका छौँ।

प्रदेश सरकारबाट हामीले फिर्के खोला पुल जडान गर्नका लागि बजेट छुट्टाएका छौँ, घारिपाटन एरियामा वडा १५ र ७ जोड्ने पुलको टेण्डर पनि भइसकेको छ । अबको योजनामा घारीपाटन देखि बसपार्क सम्म जाने एउटा राम्रो बाटो निर्माण योजनाका लािग बजेट छुट्टाउने छौँ । अरु २ सय देखि ३ मिटरका साना बाटोहरुको निर्माण भइसकेका छन् । हाम्रा वडाका ठुला योजनाहरु छैन, त्यसैले रातो किताबमा भएका सबै योजनाहरु लगभग सबै पुरा भएका छन् ।

४) गर्न नसकेका कामहरु के के छन् ?

पोखरा धेरै पानि पर्ने ठाउँ हो । त्यसले गर्दा एउटा वडाको पानि अर्काे वडामा बगेर भलपानि धेरै दुःख दिएको छ । त्यसले गर्दा स्थानीय संगै हामी पनि धेरै मर्कामा परेका छौँ । त्यसैले भलपानि व्यवस्थापनको लागि महानगरले पनि योजनाहरु बनाएको छ । विरौटा चोक, राष्ट्रबँैकचोक, रत्नचोक, पृथ्वीचोक र महेन्द्रपुल जस्ता मुख्य सडकहरुमा भलपानिको सबैभन्दा ठुलो समस्या छ । यो समस्याको लागि महानगरपालिकबाट नै पहल भइरहेको छ भने हाम्रा वडामा बनाइएका कतिपय बाटोहरुछुट्टाइएको बजेट अनुसार काम गर्न नपुगेपछि बाटो अधुरा छन् । यसलाई अबबजेट छुट्टाएर पुरा गरिन्छ ।

५) फिर्के खोला मापदण्डका अनेकौ गुुनासाहरु छन् नि , यसलाई कसरि व्यवस्थापन गर्ने योजनामा हुनुहुन्छ ?

फिर्के खोलाको बारेमा हाम्र्रो वडाले हटाउन पर्छ भनेर त्यो हट्ने होइन, त्यो राज्य पक्षले नै गर्र्ने काम हो । हिजो हामी आउनु भन्दा पहिला महानगरले नै दिएका कतिपय जग्गाहरु छन्, हामी आउनु भन्दा पहिला नै बनेका धेरै संरचनाहरु छन, तर अहिले राज्यले १० मिटर तोकिदिएको छ, त्यसमा स्थानीयहरुले धेरै भयो बन्ने गुनासो गरेका छन् ।

स्थानीयहरुको आवाज हामीले कार्यापालिकाको बैठकमा उठाइरहेका छौ । तर ७ नं वडाको बारेमा भन्ने हो भनेतीन,चार संरचनाहरु होलान मापदण्ड मिचेर बनाइएको तर हाम्रो वडामा फिर्र्के खोला मापदण्ड मिचेर बनाइएका संरचनाहरु छैनन् ।

६) तपाइको वडामा फुटपाथ र सडक मिचेर बनाइएका संरचनाहरुमथि अझै कारबाही हुन सकेको छैन नि ?

त्यो फुटपाथ र सडक मिचेर बनाइएका संरचनाहरु माथि महानगर र वडाको बजेट छुट्टाएर त्यसको काम अगाडि बढाउने हामीले योजना बनाई राखेका छौ । खासमा त्यो जग्गा मिचेर बनाएको भन्दा पनि केहि अग्लो र हाचो बन्ने कुुराहरु मिडियामा आएको हो, त्यसको लागि हामीले सम्बन्धित पक्षलाई बोलाएर कुरा गरिराखेका छौ, त्यस्ता संरचनाहरु एक ठाउँमा मात्र नभई हाम्रै महानगरपालिका धेरै ठाँउहरुमा छन् ।

७) श्री कृष्ण माविमा भएको आर्थिक अनियमिताको बारे स्थानीयहरुको गुनासोछ नि, यसको लागि वडाले कस्तो योजना बनाएको छ ?

कष्णा माविमा भएको आर्थिक अनियमिताको लागि वडाले महानगरबाट प्राविधिक ल्याएर काम गरिसकेका थियौ । त्यसको लािग सम्बन्धित मान्छेहरुका अनुसार अहिले अख्तियार अनुसन्धानबाट काम भइरहेको छ । यसको लागि सबै डकुमेन्टेसनका कामहरु भइरहेको छन्, त्यसैले त्यहाँको वास्तविक कुरा के हो भन्नेबारे अख्तियारले अनुसन्धान गर्दैछ ।

८) वडा नं ७ लाई समृद्ध र नमुना वडा बनाउनतपाइले कस्तो योजना बनाउनु भएको छ ?

यसको लागि हाम्रो पहिलो प्राथमिकता भनेको वृक्षारोपण गर्ने, हरियाली वातावरण, सोलार राख्ने, विकास निर्माणका, महिला दिदी बहिनीका लागि विभिन्न महिला सशक्तिकरणका तालिमहरु उपलब्ध गराएका छौ ।

९) वडा बासीहरुलाई के भन्न चाहानुहुन्छ ?

सर्वप्रथम त वडा बासीहरुलाई हाम्रो वडामा परेको समस्याहरु वडामा आएर भन्नुहोस् भन्न चाहन्छु । विकास निर्माणका कुराहरु, वडाले नदेखेका समस्याहरु साथै वडाका कर्मचारीहरुले कामको बेलामा दिएको समस्याहरुको बारेमा पनि वडालाई सम्पर्क राख्नुुहोस भन्ने अपेक्षा छ । किनकी वडालाई भ्रष्टचार मुक्त बनाउने हाम्रो योजना हो ।

प्रस्तुती : विनिता सुनार

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.