www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विमानस्थलमा यात्रुको कन्तविजोग !

पोखरा
ताण्डव न्यूज ।

पोखरा विमानस्थलमा दैनिक विभिन्न कम्पनीका हवाईजहाजहरु समयमै उडान हुन नसकेको कारण यात्रुहरुको विमानस्थलमै कन्तविजोग भएको छ ।

आज विहानदेखि नियमित रुपमा उडान हुन नसकेको कारण यात्रुहरु मर्कामा परेको गुनासो आएको हो । काठमाडौमै समस्या परेको हुनाले यस्तो अवस्था आइ परेको विमानस्थल स्रोतले जानकारी दियो ।

Batas

पोखराबाट बुद्ध एयर, यति एयर, तारा एयर, सिम्रिक र गोमा एयरले सेवा दिँदै आएका छन् ।

विगत केही समय यता देशभरमै हवाई यात्रा गर्नेको चाप अधिक र हवाई उडानको संख्या कम हुनाले पनि नियमित उडान प्रभावित भएको मानिन्छ ।

 

यद्यपि, विमान संचालन कम्पनीले बुकिङ लिने र उडान समयमा भर्न नसक्ने गुनासो पनि यात्रुहरुको व्याप्त सुनिदै आएको छ ।

तस्बिर : ईश्वर देवकोटा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.