www.tandavnews.com
Fact ~ In search of truth

विजयपुरमा बम पड्काउने समातिए

पोखरा

ताण्डव संवाददाता  ।

विप्लव नेतृत्वको नेकपा माओवादीले मंगलबार घोषणा गरेको नेपाल बन्दको दिन विजयपुर पुल नजिक बम विस्फोट गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हिजो मंगलबार राति नै उनीहरुलाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरेको हो ।

Batas

पक्राउ पर्नेमा नेकपा कम्युनिष्ट पार्टी बिप्लव समूहका जन सरकार प्रमुख जगन भन्ने नन्दप्रसाद तिवारी, अखिल नेपाल क्रान्तिकारी किसान संघ कास्कीका जिल्ला अध्यक्ष पुष्प कार्की र अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका खड्कबहादुर राई हुन् ।

पक्राउ परेका व्यक्तिलाई विष्फोटक पदार्थ मुद्धा दर्ता गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अशोक सिंहले बताए ।

बम बिष्फोटबाट ड्यूटीमा रहेका प्रहरी जवान कुलबहादुर खत्री र रिपोर्टिङमा खटिएका रेडियो गण्डकीका स्टेसन म्यानेजर घनश्याम पाण्डेलाई छर्रा लागेर घाइते भएका थिए ।

घाइते भएको घटनाका सम्बन्धमा प्रहरी प्रतिवेदनको आधारमा  घटनामा संग्लन व्यक्तिलाई पक्राउ गर्न सफल भएको सिंहले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.