www.tandavnews.com
Fact ~ In search of truth

गुणस्तरीय शिक्षाको लागि पोखरा कलेज अफ म्यानेजमेन्ट – (प्रिन्सिपल) अधिकारी

पाेखरा
ताण्डव न्यूज ।

पोखरा कलेज अफ म्यानेजमेन्ट कलेजको बारेमा जानकारी दिनुहोस् न ?

यो कलेज स्थापना भएको १७ वर्ष भएको छ । १५ बर्षसम्म बिबिए अध्यापन भएकोे थियो । यो बीचमा धेरै मिहेनत गरेर पोखरा युनिर्भसिटीका पूर्ण कलेजहरु मध्ये राम्रो बनाउनको लागि स्थापित गर्न सक्यौ ।

Batas

गत वर्षबाट विसिआइएस पनि सञ्चालनमा ल्याएका छौं । अहिले विद्यार्थीले थर्ड सेमिस्टरमा पढिरहेका छन् । म्यानेजमेन्ट पढाईको साथसाथै वर्तमान अवस्था अनुसार आइटीको पनि निकै आवश्यकता परेको हुँदा गत वर्षबाट विसिआइएस सञ्चालनमा ल्याएका हौं ।

विद्यार्थीहरुले पोखरा कलेज अफ म्यानेजमेन्टलाई किन रोज्ने ?

हामीले व्यवहारिक हिसावले पढाउँछौं । बिबिए कोर्ष भनेकै सिद्धान्तमा मात्र नभई प्राक्टिकलमा पनि हुने गर्छ । प्रोग्राम एउटै भएपनि त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने कुन मोडालिटीमा लगेर अब्जेक्टिक्समा लैजाने भन्ने विषयमा अरु कलेज भन्दा हामी अगाडि छौं जस्तो लाग्छ ।

विद्यार्थीको भर्ना लिँदा कसरी गर्नुहुन्छ ?

एक सिफ्टको लागि भर्ना लिँदा मर्निङ र दिउँसोको लिइन्छ । बिबिएमा ४३ विद्यार्थी लिन्छौं । त्यसमा ५ विद्यार्थी पोखरा युनिर्भसिटीले छात्राबृत्तिको रुपमा पठाउँने गर्छ । जसअनुसार ४८ विद्यार्थी समावेश गरिनेछ । विसिआइएसमा पनि सोही अनुसार नै विद्यार्थी लिइन्छ ।

कस्तो वातावरणमा विद्यार्थीलाई पढाइराख्नुभएको छ ?

अहिलेको समय भनेको सूचना प्रविधिको नै हो । केही पनि जानकारी लिनकोे लागि शिक्षकको मात्र भर पर्नुपर्ने अवस्था छैन् । विद्यार्थीले इन्टरनेटको माध्यमबाट पनि कतिपय सामाग्रीहरु पत्ता लगाउन सक्छन् । मुल चुनौती भनेको विद्यार्थीको क्षमतालाई कसरी बाहिर ल्याउनु नै हो । त्यसको लागि हामीले लेक्चरमुखी पढाइ भन्दा पनि प्रयोगात्मक पढाइमा बढी जोड दिएका छौं ।

गुणस्तरीय शिक्षाको लागि वातावरण तयार पारेका छौं । शिक्षकहरु पनि अब्बलदर्जाका हुनुहुन्छ । समयसमयमा फिल्ड भिजिट पनि हुने गर्दछ । यसको लागि पोखराको वरीपरी र देशका विभिन्न भागमा फिल्डको लागि विद्यार्थीलाई लाने गरेका छौं ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.