www.tandavnews.com
Fact ~ In search of truth

अस्पतालले डाक्टर र कर्मचारीको तलब रोक्यो

पोखरा
ताण्डव न्यूज
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले झण्डै १ सय जना कर्मचारीको तलब रोकेको छ । २ महिना अथार्त साउनदेखि निजी स्रोतमा राखेका डाक्टार र कर्मचारीको तलब रोकेको हो ।

काम गर्दापनि तलब रोक्ने काम गर्दा कर्मचारी मारमा परेको एक कर्मचारीले बताए । ‘हामी निजी स्रोतबाट चल्ने डाक्टर र कर्मचारीलाई तलब रोक्दा, निकै पीडामा छौ,’ उनले भने, ‘यत्रो ठूलो संस्थाले यस्तो के गरेको होला ?’ चाडपर्वको वेला तलब रोकिदा ठूलो समस्या परेको उनले गुनासाे पाेखे ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठाका निर्देशक अर्जुन आचार्यले  कर्मचारीको तलब रोकिएको ताण्डव न्यूजसँग  स्वीकार गरे  । ‘छिट्टै तलब दिने भनेर हामीले निर्णय गरेका छौ,’ उनले भने, ‘एक हप्ताभित्र तलब दिने छौ ।’

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.