www.tandavnews.com
Fact ~ In search of truth

समयमै विमानस्थलको काम सक्न मेयरको निर्देशन

पोखरा ।

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगतिबारे पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहाुदर जिसीले चाँसो राखेका छन् । मेयर जिसीसहितको एक टोलीले विमानस्थलको निरीक्षण गर्दै कार्यप्रगति बारे जानकारी लिए । अहिले टर्मिनल बिल्डिङ र रनवे निर्माण गर्ने गरी जमीन सम्याउने काम भइरहेको छ ।

विमानस्थलको निरीणका क्रममा मेयर जिसीले विमानस्थल निर्माणको ठेक्का पाएको चिनिया कम्पनी सिएएमसिइलाई तोकिएको समयमा काम सक्न निर्देशन दिएका छन् । ‘राष्ट्रिय गौरवको आयोजना भएकोले यसमा सबैको चाँसो छ,’ मेयर जिसीले भने,‘ महानगरपालिकाले के सहयोग गर्नुपर्छ, तयार छ, तर काम तोकिएको समयमा हुनु प¥यो ।’ टोलीलाई सिएएमसिईका साइट मेनेजर जुले विमानस्थलमा भइरहेको कामको बारेमा जानकारी गराएका थिए । उनले सन २०१९ सम्ममा रन वे निर्माण गरिसक्ने काम गरिरहेको मयेर जिसीलाई जानकारी गराएका थिए ।

Batas

वर्षाको समयमा जमीन सम्याउन अप्ठ्यारो हुने भएकोले त्यति बेला टर्मिनल बिल्डिङ र रनवे निमार्णको काम सुरु गर्ने गरी जमीन सम्याउने काम भइरहेको ठेकेदार कम्पनी सिएएमसिईका जनसम्पर्क अधिकृत कृष्ण चापागाईंले जानकारी दिए । आयोजनाका अनुसार जेठ सम्म ८० प्रतिशत माटोको काम सकिनेछ । विमानस्थल निर्माणका लागि चिनिया ५० जना प्राविधिक, नेपाली प्राविधिकसहति १ सय जना मजदुर खटिएका छन् ।

विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा चिनिया ठेकेदार कम्पनी सिएएमसिईलाई ठेक्का दिएको थियो । निर्माण गर्ने र निर्धारित समयमा नसके क्षतिपूर्तिसमेत सरकारलाई दिनुपर्ने सर्त भएको इपिसी मोडलमा सिएएमसिईले ठेक्का लिएको हो । निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.