www.tandavnews.com
Fact ~ In search of truth

पोखरा–काठमाडौंः एसी सुविधा सहितको रात्री बस सञ्चालनमा

पोखरा
ताण्डव न्यूज ।

यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै पोखरा देखि काठमाडौं रुटमा सुविधायुक्त एसी सहितको बस सेवा सञ्चालन हुने भएको छ ।

ड्रिमवे टुर्स एण्ड ट्राभल्सले पोखरा देखि काठमाडौं र काठमाडौं देखि पोखराको रुटमा हरेक दिन साँझ ८ बजे बस छुटाउने भएकाे हाे ।

Batas

साउन १८ गते देखि रात्री बस सेवा सञ्चालन गर्न लागिएको ट्राभल्सका संचालक सुवास पहारीले जानकारी दिए । ‘बस पूर्णरुपमा सुविधा युक्त छन्, उनले भने, ‘एयर सस्पेन्सन सहितका आरामदायी सिटमा, मोबाइल चार्जर, ब्लाङकेट, मिनरल वाटर, स्न्याक्स बस भित्र नै यात्रुहरुलाई उपलब्ध गराइने छ ।’

स्वदेशी तथा विदेशी यात्रुहरुलाई सम्मान पूर्वक व्यवहारमा सुविधायुक्त सेवा प्रदान गरिने पहारीले जनाए ।

बस भित्रनै ट्वाइलेट र वास रुमको पनि सुविधा रहने कम्पनीले जानकारी गराएको छ ।

यात्रुको आवश्यकता अनुसारको मागलाई मध्यनजर गर्दै आगामी दिनमा थप सुविधा सहितका बसहरु सञ्चालनमा ल्याइने पहारीले ताण्डव न्यूजलाई जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.